काठमाडौं । काठमाडौंको गौशालास्थित सडकमा ट्राफिक जाम भएको अवस्थामा दुई मोटरसाइकलको नम्बर एउटै भएको पाइएको छ ।
बुधबार जाममा दुई मोटरसाइकल एकै ठाउँमा रोकिँदा दुवैको नम्बरप्लेट वाग्मती प्रदेश ०२ ०२२ प २३८० भएको पाइएको हो । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता सञ्जीव शर्मा दासले खबर पाएलगत्तै अनुसन्धान थालिएको बताए ।
“दुईवटा मोटरसाईकलमध्ये कसले बदमासी गरेको हो भन्ने थाहा हुन बाँकी छ । अनुसन्धान भइरहेको छ । एकजना मोटरसाइकलसहित पक्राउ परेका छन् । अर्कोलाई खोजिरहेका छौँ,” उनले भने ।