वीरगंज । दाङमा १७ वर्षीया किशोरीमाथि बलात्कार गरेको आरोपमा एकजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा बबई गाउँपालिका–२ बस्ने ३५ वर्षीय बाबुराम थापा छन् ।
थापाले सोही ठाउँको विजय नेटास्थित धारामा पानी भर्ने क्रममा ती किशोरीलाई बलात्कार गरेको खुलेको छ । प्रहरीचौकी पुरनधाराबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको जनाइएको छ ।