वीरगंज । तस्करहरूले तस्करीका लागि नयाँ–नयाँ जुक्ति लगाइरहेका हुन्छन् ।
यस्तै, नयाँ जुक्ति लगाउँदै नेपालबाट कस्तुरीको विनाको धूलो जुत्तामा लुकाएर नेपालबाट कोरिया लैजाने क्रममा एक कोरियन नागरिक विमानस्थलमा पक्राउ परेका छन् । प्रहरीले मंगलबार कोरियन एयरको उडानद्वारा काठमाडौंबाट कोरिया जान लागेका कोरियन नागरिक जोङ जुङ जुनलाई पक्राउ गरेको हो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान ह्यान्ड ब्यागेज चेकिङ एरियामा सुरक्षा खानतलासीको क्रममा उनले लगाएको दुवै जुत्ताभित्र टेपले बेरिएको कस्तुरीको विनाकोे धुलोसहित उनी पक्राउ परेका हुन् ।
प्रहरीका अनुसार प्रत्येक जुत्तामा १-१ पोकाको दरले राखिएको धुलोको तौल सात सय १६ ग्राम छ । उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि डिभिजन वन कार्यालय, हात्तीसारमा बुझाइएको छ ।