काठमाडौं । केही दिनयता काठमाडौं उपत्यकामा हैजाको जोखिम बढेको छ। इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार आइतबारसम्म उपत्यकाका १२ जना व्यक्तिमा हैजा संक्रमण पुष्टी भएको छ।
महाशाखाका निर्देशक डाक्टर चुमनलाल दासका अनुसार उपत्यकाका ९ वटा ठाउँमा हैजा संक्रमण भेटिएको छ। जसमा बागबजार, डिल्लीबजार, कपन, सानेपा, बालाजु, बोहोराटार, बल्खु, थानकोट र नैकाप छन्। संक्रमण पुष्टी भएकामध्ये ६ जना विभिन्न अस्पतालमा उपचाररत् छन् भने अरू निको भएर घर गएको निर्देशक दासले जानकारी दिए।
सरूवा रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुन हैजालाई सामान्य झाडापखला जस्तो ठानेर हेलचक्र्याइँ गर्न नहुने बताउँछन्। बेलैमा उपचार नपाए छिनभरमै बिरामीको मृत्यु हुनसक्ने भन्दै हैजा भएको शंका हुनसाथ नजिकको अस्पताल जानुपर्ने उनको सुझाव छ। हैजाबाट कसरी जोगिने भन्नेबारे डाक्टर पुनसँग कुराकानी गरेर तयार पारेको भिडिओः