वीरगन्ज । पर्साको बहुदरमाइ नगरपालिका वडा नम्बर ९ विश्रामपुर स्थित भंगी साह उच्च माध्यमिक विधालयमा विधार्थीहरुले तालाबन्दी गरेका छन् ।
विधालयमा दरबन्दी अनुसारको शिक्षक नहुदा पठपाठन प्रभावित भएको भन्दै विधार्थीहरुले आइतबार विधाालयको मुल गेटमा तालाबन्दी गरेका हुन् ।मावि तहमा दिनको ७ घण्टी पढाइ हुनु पर्नेेमा मावि तहमा ४ जना मात्रै शिक्षक भएकाले पुरा घण्टी पढाइ नै नभएकाले शिक्षकहरुको माग गर्दै विधार्थीहरुले विधालयमा तालाबन्दी गरेका हुन् ।
शिक्षकको पदपुर्तिको माग राखेर ७ दिनको अल्टिमेट दिदा समेत कुनै सुनुवाइ नभएपछि बाध्य भएर आइतबाार विधालयमा तालाबन्दी गर्नु परेको कक्षा १० मा अध्ययनरत छात्र निरज ठाकुरले बताए ।उनले भने ,‘ ७ घण्टी पढाइ हुनुपर्छ तर शिक्षक भने ४ जना मात्र हुनुहुन्छ , दिनहु ३ घण्टी पढाइ नै हुदैन ।नगरपालिका र वडामा नवनिर्वाचित जनप्रतिनिधीहरु आएपनि उनिहरुले पनि विधालयको समस्या प्रति ध्यान नदिएको कक्षा १० मै अध्ययनरत अर्का छात्र निखिल गुप्ताले बताए । विधालयमा दबरन्दी अनुसारका शिक्षक नहुदा विधार्थीहरुको पठनपाठनमै असर परेपछि विधार्थीहरुले बाध्य भएर तालाबन्दी गरेको स्थानीय युवा कामोद निरालाले बतााए ।
विधालयका प्रधानाध्यापक सुधाकर उपाध्यायले पनि दरबन्दी अनुसारका शिक्षक नहुदा समस्या भएको स्वीकारे ।
उनका अनुसार , उच्च मावि र मावि तहमा गरि जम्मा ४ जना मात्र शिक्षक रहेका छन् । ती चारै जना शिक्षकले दिनको चार चार घण्टी पढाउने गरेका छन् । तर कुनै दिन कोहि शिक्षक अत्यावश्यक काम परेर विदामा बस्दा विधार्थीको पठनपाठन प्रभावित हुने गरेको प्रअ उपाध्यायले बताए ।
आइतबार शिक्षकको माग गर्दै विधाार्थीहरुले विधालयमा तालाबन्दी गरेको जानकारी दिदै उनले समस्या सामधानका लागि सोमबार बिहान पालिकाका जनप्रतिनिधी , आन्दोलनरत विधार्थी र विधालय प्रशासन बिच छलफलका लागि बैठक बोलाइएको जानकारी दिए ।