आज:
  • होमपेज / देश

    उद्योगबाटै सिलिन्डर बम उत्पादन , कुनै पनि बेला विक्रेताको पसलसहित उपभोक्ताको भान्छामा सिलिन्डर विस्फोट हुन सक्ने अवस्था

  • वीरगंज संजाल
  • १९ कार्तिक २०७६, मंगलवार १४:४९
  • ३६९५

    काठमाडौं | खाना पकाउने एलपी ग्यास सिलिन्डर जोखिमपूर्ण अवस्थामा भेटिएको छ। गुणस्तर तथा नापतौल विभागले गरेको अनुगमनका क्रममा ग्यास सिलिन्डर ‘बम’ जस्तै जोखिमपूर्ण अवस्थामा भेटिएका हुन्।कुनै पनि बेला विक्रेताको पसलसहित उपभोक्ताको भान्छामा सिलिन्डर विस्फोट हुन सक्ने अवस्थामा फेला पारिएको विभागका अधिकारीले बताए। एलपी ग्यास बोटलिङ प्लान्टमा तयार गरी विभागले कार्यान्वयनमा ल्याएको नेपाल गुणस्तर ५३३ मा आबद्ध उद्योगबाटै गम्भीर त्रुटि भेटिएको छ।

    विभागका अनुसार नेपाल गुणस्तर प्रमाणपत्र प्राप्त गरेका उद्योगबाटै सिलिन्डर बम उत्पादन भइरहेको छ। धादिङस्थित सिद्धार्थ र ओम तथा बालाजुस्थित नेपाल ब्रान्डको उद्योगले गम्भीर त्रुटि गरेको भेटिएको छ। विभागका महानिर्देशक विश्वबाबु पुडासैनीका अनुसार सिद्धार्थ, ओम र नेपाल ब्रान्डको सिलिन्डर लिकेज परीक्षण बिना उद्योगबाट उत्पादन गरी बजारमा पठाइएको थियो।‘सिलिन्डरमा ग्यास भरिसकेपछि सुरक्षा परीक्षण गर्नुपर्नेमा उद्योगीले उच्च जोखिमका रूपमा रहेको लिकेजसम्बन्धी परीक्षण नगरी सोझै बजारमा पठाएको अनुगमनका क्रममा भेट्यौं,’ विभागका महानिर्देशक पुडासैनीले भने, ‘गुणस्तरसम्बन्धी प्रमाणपत्र लिएका उद्योगबाटै गम्भीर त्रुटि भेटिएको हो।’

    पुडासैनीका अनुसार उपभोक्ताको गुनासोका आधारमा अघिल्लो मंगलबार नेपाल, ओम, मेट्रो र सिद्धार्थ ब्रान्डको बोटलिङ प्लान्टमा अनुगमन गरिएको थियो। ग्यास भर्नुअघि सिलिन्डरभित्रको नियमित सफाइ नगरिएको, सिलिन्डरको भौतिक संरचना, भल्भ र लिकेज परीक्षण नगरिएको फेला परेको थियो। बिग्रिएका भल्भ मर्मतसम्भार गरी सिलिन्डर बजारमा पठाएको तथा म्याद नाघेका र कुच्चिएका सिलिन्डरलाई रङरोगन गरी नयाँ म्याद राखेर उत्पादन गरेको फेला पारिएको थियो।

    ‘अनुगमनका क्रममा सिद्धार्थ र ओम उद्योगमा सुरक्षासम्बन्धी कुनै पनि परीक्षण नगरिएको फेला परेको थियो,’ विभागका सूचना अधिकृत सञ्जीवकुमार ठाकुरले भने, ‘नेपालको उद्योगमा पनि सुरक्षासम्बन्धी समस्या भेटिएको छ। धन्न भल्भ लिकेजसमेत परीक्षण नगरी बजारमा पठाइएको सिलिन्डरबाट कुनै पनि प्रकारको अप्रिय घटना हुन सकेन।’ग्यासजस्तो उच्च प्रज्वलनशील पदार्थका विषयमा उद्योग गैरजिम्मेवार बनेको उनले आरोप लगाएका छन्। उद्योगमा परीक्षण गर्ने सम्पूर्ण प्रकारको प्राविधिक सुविधा उपलब्ध भए पनि परीक्षण नगरेको विभागको भनाइ छ।

    ठाकुरका अनुसार उपभोक्ताको ज्यान जाने गरी सिलिन्डर उत्पादन गरेको आरोपमा विभागले ओम र सिद्धार्थ ब्रान्डको उद्योगको सिलिन्डर उत्पादनमा १२ दिन रोक्का ग¥यो। विभागले ‘अबदेखि सुरक्षामा त्रुटि नगर्ने’ सामान्य प्रकारको लिखित स्पष्टीकरण लिएर ती दुवै उद्योगलाई सिलिन्डर उत्पादन गर्न दुई दिनअघि फुकुवा गरेको छ।उपभोक्ताको ज्यानै जाने गरी सिलिन्डर उत्पादन गर्दा पनि विभागले सामान्य कारबाही छाडेका कारण यस्ता उद्योगले पटकपटक सिलिन्डर बम उत्पादन गरी खेलवाड गर्दै आएको उपभोक्तावादी प्रेमलाल महर्जनले बताए।

    ‘सानो असावधानीले कति बेला भान्छामा सिलिन्डर पड्केर कसको ज्यान लिने हो, त्यस विषयमा न सरकार गम्भीर छ न उद्योगी सचेत छ,’ महर्जनले भने।विभागले सिलिन्डर उत्पादन भएको पहिलो १० वर्षसम्म नकुच्चिएको अवस्थामा हाइड्रोस्टेटिक परीक्षण गर्नु नपर्ने र कुच्चिएमा तुरुन्तै परीक्षण गर्नुपर्ने, १० वर्षपछि पाँचपाँच वर्षको अवधिमा दुई पटक र २० वर्षपछि तीन–तीन वर्षमा हाइड्रोस्टेटिक परीक्षण गर्नुपर्ने मापदण्ड तोकेको छ। सिलिन्डर उत्पादन गर्दा र उत्पादित सिलिन्डर खरिद गर्ने क्रममा कम्पनीको नाम, लोगो, एनएस चिह्न, हाइड्रोस्टाटिक परीक्षण मिति, पुनः परीक्षण मिति बुझिने भाषामा सिलिन्डरमै उल्लेख गर्नुपर्ने प्रावधान छ।

    भल्भबाट ग्यास चुहावट भए नभएका विषयमा परीक्षण गर्नुपर्ने र चुहावट भएमा पुरानो भल्भलाई मर्मतसम्भार गर्न नपाइने प्रावधान छ। चुहावट भएको अवस्थामा नयाँ भल्भ प्रयोग गर्नुपर्ने व्यवस्था छ। भल्भ परिवर्तन गर्दा प्रति २० किलो ‘ट्रोयुक प्रेसर’ उपकरणको सहयोगमा परिवर्तन गर्नुपर्नेछ। मापदण्डले पाँच किलो, १४.२ किलो र १९ किलोको सिलिन्डरको गुणस्तर निर्धारण गरेको छ। भरिएका सिलिन्डर स्टोर गर्दा दुई तहभन्दा बढीको चाङमा लगाएर राख्न नपाइने, सिलिन्डरमा अनिवार्य सेफ्टी क्याप लगाउनुपर्ने, नियमित परीक्षण गर्नुपर्नेलगायतका प्रावधान मापदण्डमा राखिएको छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन
  • घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा
  • तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ
  • स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    पर्सा–१ मा जसपाका वीरगन्ज महानगर अध्यक्ष यादवसंगै १२० जना एमालेमा प्रवेश

    कालिका टाईम्सको वार्षिकोत्सव मानव सेवा आश्रम वीरगन्जमा मनाइयो

    रुखले च्यापिएर बालकको मृत्यु

    ठक्करबाट महिलाको मृत्यु

    ‘विधिको शासन नै सहिदप्रतिको सच्चा सम्मान हो’

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    News

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    News

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    News

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    News

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑