वीरगंज । निर्वाचन आयोगले प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि मिति तोकेको छ । निर्वाचन आयोगले एकै चरणमा गर्ने भए कात्तिक ३० गते तोक्नेगरी आयोगले अनौपचारिक प्रस्ताव पठाएको संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र प्रसाद श्रेष्ठले बताएका छन्।
काठमाडौं महानगरपालिकाको नगरसभामा बोल्दै दुई चरणमा गर्ने भए कात्तिक २८ र मंसिर ३ गतेको मिति प्रस्ताव भएको बताएका हुन् ।
“आयोगले दुई चरणमा गर्ने भए कात्तिक २८ र मंसिर ३ गते गर्ने भन्ने अनौपचारिक प्रस्ताव पठाइसकेको छ,” उनले भने, “एकै चरणमा गर्ने भए कात्तिक ३० गते देशैभरि चुनाव गर्ने भनिसकेको छ ।” अब निर्वाचन धेरै टाढा नभएको पाँच महिनाभित्र चुनाव हुनेसमेत बताए ।