वीरगञ्ज । पर्साको बहुदरमाई नगरपालिकाले ०७९/८० को लागि बजेट नीति तथा कार्यक्रम ल्याएको छ। नगरपालिकाले शुक्रबार आफ्नो ८ औँ नगर सभामार्फत बजेट नीति तथा कार्यक्रम ल्याएको हो।
नगरपालिकाकी उपप्रमुख सुष्मा कुशवाहाले नगर सभामा अगामी आर्थिक वर्षको लागि ६० करोड ६ लाख ३ हजार ९ सय ७२ रुपैयाँको बजेट सार्वजनिक गरेकी हुन्।
बजेटमा कार्यालय सञ्चालन तथा संस्थागत विकासमा ६ करोड ५४ लाख ८० हजार, वन वातावरण तथा विपद् व्यवस्थापनमा १ करोड २५ लाख, पूर्बाधार विकासमा ९ करोड ५० लाख २५ हजार,सामाजिक विकास क्षेत्रमा ३ करोड २५ लाख ५० हजार,आर्थिक विकास क्षेत्रमा २० लाख ५० हजार,मर्मत सम्भार कोष, सम्पूरक कोषलगायत अन्य ससर्तका कार्यक्रम तय गरी कार्यक्रम सञ्चालन गरिने बजेटमा भनिएको छ।