वीरगंज । पर्साको बहुदरमाई नगरपालिका कार्यपालिकाको कार्यालय डोकैला बहुअरीको सभाहलमा आर्थिक बर्ष ०७९/०८० को आठौ नगरसभाको उद्घाटन समारोह ,निती तथा बजेट
प्रस्तुतिकरण कार्यक्रम आज सम्पन्न भएको छ।बहुदरमाई नगरपालिकाका नगरप्रमुख सिगांसन साहको सभापतित्वमा भएको आठौ नगरसभाको उद्घाटन समारोह निती तथा बजेट प्रस्तुतिकरण कार्यक्रममा बहुदरमाई नगरपालिकाका नगर-उपप्रमुख सुस्मा कुशवाहाले रु.६०६०३८७२/-रुपैयाको बिभिन्न शर्षकमा बजेट प्रस्तुत गर्नु भएको छ।बहुदरमाई नगरपालिकाको
सभाहलमा आ.ब०७९/०८०को निती कार्यक्रम तथा बजेट प्रस्तुतिकरण कार्यक्रममा बहुदरमाई नगरपालिका अन्तर्गतका बिभिन्न निबा’चित जनप्रतिनिधि तथा कर्मचारीहरुको सहभागिता रहेको थियो। कार्यक्रमको सहजिकरण रामबाबु पटेल गर्नुभएको थियो।