वीरगंज । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो तेस्रो वार्षिक साधारण सभा बोलाएको छ । संस्थाको सञ्चालक समितिको बिहीबार बसेको बैठकले यही असार ३१ गते वार्षिक साधारण सभा आयोजना गर्ने निर्णय गरेको हो ।
सभा पर्वतको कुश्मास्थित संस्थाको केन्द्रीय कार्यालयमा दिउँसो १ बजेबाट सुरु हुनेछ । सभाले अन्य उपयुक्त एक वा एकभन्दा बढी लघुवित्त संस्थाहरु आपसमा गाभ्ने, गाभिने वा प्राप्ति गर्ने, समझदारीमा हस्ताक्ष गर्ने, सम्पत्ति तथा दायित्वको मूल्यांकन प्रतिवेदन तयार गर्न मूल्यांकनकर्ताको नियुक्ति गर्नेलगायतका आवश्यक सम्पूर्ण कार्य गर्ने अधिकार सञ्चालक समितिलाई प्रदान गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।
संस्थाको प्रबन्धपत्र र नियमावलीमा गरिएको संशोधनका सम्बन्धमा नियमनकारी निकायबाट कुनै संशोधन वा फेरबदल वा परिमार्जन वा थपघट गर्न निर्देशन वा सुझाव प्राप्त भएमा सोहीबमोजिम गर्न गराउन सञ्चालक समिति वा समितिले तोकेको पदाधिकारीलाई अख्तियारी प्रदान गर्ने अर्को प्रस्ताव पनि सभाले पारित गर्नेछ । सभा प्रयोजनका लागि संस्थाले यही असार २३ गतेदेखि असार ३१ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ असार २२ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो संस्थाको वार्षिक साधारणसभामा भाग लिन योग्य हुनेछन्।