• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    अर्थमन्त्री शर्माको राजीनामा माग्दै विराटनगरका उद्योगी सडक संघर्षमा

  • वीरगंज संजाल
  • ९ असार २०७९, बिहीबार १८:२५
  • २४५७

    विराटनगर । उद्योग क्षेत्रको समस्या समाधान गर्न प्रतिबद्धता जनाएर पनि पूरा नगरेको भन्दै मोरङका उद्योगी व्यवसायीले अर्थमन्त्री जनार्दन शर्माको राजीनामा माग्दै सडक प्रदर्शन गरेका छन् । बिहीबार प्रदेश नम्बर १ को राजधानी विराटनगरका तीनवटा औद्योगिक तथा व्यावसायिक संघसंस्थाका पदाधिकारी तथा प्रतिनिधिहरूले मोरङको बुढीगंगा गाँउपालिकास्थित विराटनगर धरान सडकखण्डमा विरोध प्रदर्शन गरेका हुन् ।उनीहरूले आगामी आर्थिक वर्षको बजेटले द्योगीलाई मर्कामा पारेको जनाउँदै लामो समयदेखि प्रदर्शन गरिरहेका छन् । माग सम्बोधनको आश्वासन दिइने तर कार्यान्वयन नगरेपछि अर्थमन्त्रीको राजीनामा मागेर सडक प्रदर्शनमा उत्रिनुपरेको उद्यागीको भनाइ छ ।

    मोरङ व्यापार संघ, उद्योग संगठन मोरङ र नेपाल उद्योग परिसंघ प्रदेश १ ले चरणवद्ध आन्दोलन गरिरहेका छन् । खासगरी आर्थिक विधेयकले जीआई वायर, वनस्पति घिउ, खाने तेल, स्यानिटेरी प्याड तथा यार्न उत्पादन गर्ने उद्योगीलाई ठुलो मर्का परेको भन्दै उद्योगीले सच्याउन माग गरिरहेका छन् । मोरङ व्यापार संघका अध्यक्ष नवीन रिजालले भने, “अर्थमन्त्रीले समस्या समाधान गर्ने भन्दै हामीलाई काठमाडौं बोलाएर छलफल गर्नुभयो । तर पूरा गर्छु भनी भनेको वचनबाट पछि हट्दै सुधार गर्नमा ध्यान दिनुभएको छैन । उद्योगीलाई मर्का पर्ने गरि ल्याइएको विधेयकलाई सच्चाउनका लागि पटकपटक आग्रह गरिसक्यौँ तर वास्ता गरिएको छैन ।”सरकार छिमेकी राष्ट्रको उद्योगलाई पोस्न र स्वदेशी उद्योग डुबाउन सक्रिय भएको रिजालको आरोप छ । उद्योग संगठन मोरङका अध्यक्ष सुयषराज प्याकुरेलले अर्थमन्त्रीदेखि राजनीतिक दलका नेताहरूले त्रुटि सच्याउने विषयमा आफूहरूलाई ढाँटेको बताए । “हामी सडक संघर्षमा जानुपर्ने अवस्था भएको छ । प्रधानमन्त्रीसमेत आफ्ना मन्त्रीहरूको बचाउमा लाग्नुभएको देखिन्छ,” उनले भने ।

    आफूहरूले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई भेटघाट गर्दा उद्योगीको जायज मागको विषयमा अर्थमन्त्रीसँग कुरा गर्न भनेर आश्वासन दिएको तर व्यवहारमा भने काम नगरेको प्याकुरेलले बताए । मोरङ व्यापार संघका पूर्व अध्यक्ष पवन सारडाले गत वर्षसमेत अर्थमन्त्रीले दलाली गर्दै २४ वटा उद्योग बन्द गराएको आरोप लगाउँदै भने, “उहाँलाई पदमा बसिरहन अब सुहाउँदैन ।” कुनै एक व्यक्तिका लागि गरिएको निर्णयमा निर्णयकर्ता उद्योग व्यवसायीको ‘हत्यारा’ भएको भएको सारडाले बताए । उद्योगीको आन्दोलनमा श्रमिक र विभिन्न ट्रेड युनियन सम्बद्ध पदाधिकारीहरूले पनि साथ दिएका छन् । गोकुवा चौकबाट सुरु भएको विरोध विरोध र्‍याली बाँसबारी पुगेर कोणसभामा परिणत भएको थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • भारतमा खसेको चिनियाँ क्षेप्यास्त्रको भग्नावशेष पाउन शक्तिशाली पश्चिमा देशहरूको तँछाडमछाड
  • उद्योगसँग सम्बन्धित विषयमा पथलैया औद्योगिक कोरिडोरका उद्योगीहरूसँग अन्तरक्रिया सम्पन्न
  • सिरहामा गाँजासहित तीन जना पक्राउ
  • मधेशमा दिउँसो बर्षाको सम्भावना, तीनदिनसम्म पानी पर्ने अनुमान
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    भारतमा खसेको चिनियाँ क्षेप्यास्त्रको भग्नावशेष पाउन शक्तिशाली पश्चिमा देशहरूको तँछाडमछाड

    उद्योगसँग सम्बन्धित विषयमा पथलैया औद्योगिक कोरिडोरका उद्योगीहरूसँग अन्तरक्रिया सम्पन्न

    सिरहामा गाँजासहित तीन जना पक्राउ

    मधेशमा दिउँसो बर्षाको सम्भावना, तीनदिनसम्म पानी पर्ने अनुमान

    औषधी पसलमा अनुगमन गर्न गएका विभागका कर्मचारीहरु कुटिए

    चट्याङबाट चार वर्षमा २३७ को मृत्यु, ९०८ जना घाइते

    पत्रकार हत्या र मिडियामाथिको आक्रमणका सम्बन्धमा उच्चस्तरीय स्वतन्त्र छानविन गर्न माग

    वर्षामा समस्यारहित बनाउने प्रयासमा नारायणगढ-मुग्लिन सडकखण्ड

    ठाकुरराम क्याम्पसमा फर्जी भर्ना प्रकरणः विद्यार्थी नेताहरूको रिहा, आन्दोलन जारी रहने चेतावनी

    आज सोमवारको राशिफल

    भारतमा खसेको चिनियाँ क्षेप्यास्त्रको भग्नावशेष पाउन शक्तिशाली पश्चिमा देशहरूको तँछाडमछाड

    उद्योगसँग सम्बन्धित विषयमा पथलैया औद्योगिक कोरिडोरका उद्योगीहरूसँग अन्तरक्रिया सम्पन्न

    सिरहामा गाँजासहित तीन जना पक्राउ

    मधेशमा दिउँसो बर्षाको सम्भावना, तीनदिनसम्म पानी पर्ने अनुमान

    औषधी पसलमा अनुगमन गर्न गएका विभागका कर्मचारीहरु कुटिए

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    भारतमा खसेको चिनियाँ क्षेप्यास्त्रको भग्नावशेष पाउन शक्तिशाली पश्चिमा देशहरूको तँछाडमछाड

    News

    उद्योगसँग सम्बन्धित विषयमा पथलैया औद्योगिक कोरिडोरका उद्योगीहरूसँग अन्तरक्रिया सम्पन्न

    News

    सिरहामा गाँजासहित तीन जना पक्राउ

    News

    मधेशमा दिउँसो बर्षाको सम्भावना, तीनदिनसम्म पानी पर्ने अनुमान

    News

    औषधी पसलमा अनुगमन गर्न गएका विभागका कर्मचारीहरु कुटिए

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑