सप्तरी । सप्तरीमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । यस्तै सो दुर्घटनामा परेर ११ जना यात्रु घाइते भएको प्रहरीले जनाएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना.५ ख १८९८ नम्बरको यात्रुबाहक बस अनियन्त्रित भई सडक भन्दा २० फिट तल खसेर दुर्घटनामा परेको हो ।
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १ स्थित कंकालिनी मन्दिर र कोशी व्यारेजको बीचमा बिहीबार बिहान बस पल्टिएर दुर्घटना भएको सप्तरी प्रहरीले जनाएको हो ।दुर्घटनामा परेर मृत्यु भएका व्यक्तिको अहिले सनाखत हुन सकेको छैन ।
उक्त बसमा सवार ११ जना घाइते भएको सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेले जानकारी दिए । घाइतेमध्ये ६ जनाको भारदह अस्पतालमा र ५ जनाको स्थानीय मेडिकलमा उपचार भइरहेको प्रहरीले जनाएको छ । मदेश खबरबाट साभार गरिएक।