वीरगंज । आगामी पाँच वर्षमा फाइभजी सब्सक्राइबरका आधारमा उत्तर अमेरिका सबैभन्दा अघि हुने आँकलन गरिएको छ । सन् २०२७ सम्म उत्तर अमेरिकाका १० मध्ये ९ जनाको पहुँचमा फाइभजी हुने इरिक्सनले हालै जारी गरेको मोबिलिटी रिपोर्टमा उल्लेख छ ।
रिपाेर्टले सन् २०२२ भित्रै फाइभजी प्रयोगकर्ताले एक अर्बको आँकडा पूरा गर्ने आँकलन गरेको छ । त्यस्तै यो संख्या सन् २०२७ मा पुग्दा चार अर्ब ४० करोड पुग्ने अनुमान गरिएकाे छ ।
रिपाेर्ट अनुसार सन् २०२७ भित्र पश्चिम युरोपका ८२ प्रतिशत जनसंख्याकाे पहुँचमा फाइभजी पुग्नेछ । त्यस्तै खाडी मुलुकमा ८० प्रतिशत र उत्तर पूर्वी एसियामा ७४ प्रतिशत जनसङ्ख्यामा फाइभजी पुग्ने आँकलन गरिएको छ । फाइभजी विस्तारको तयारीमा रहेको भारतमा सन् २०२७ सम्म कूल प्रयोगकर्तामध्ये ४० प्रतिशत फाइभजीकाे पहुँचमा रहनेछन् ।