• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    भारतको नयाँदिल्लीबाट रामायण यात्राका ४९९ तीर्थालु आज जनकपुरधाम आउँदै

  • वीरगंज संजाल
  • ९ असार २०७९, बिहीबार ११:१७
  • १५६९

    जनकपुरधाम । नेपाल र भारतबीचको धार्मिक, सांस्कृतिक सम्बन्धलाई सुदृढ बनाउने रामायण सर्किटमा घुम्ने रेल विहीबार जनकपुरधाम आउन लागेको छ । ‘भारत गौरव पर्यटक रेल’ रामायण यात्राको क्रममा जनकपुरधाम आउन लागेको छ ।भारतको नयाँदिल्लीबाट पर्यटन र रेल मन्त्रीले संयुक्त रुपमा विदा गरेको रेल जनकपुरधाममा विहीबार दिउँसो पौने २ बजे आईपुग्ने नेपाल रेलवे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले जनाए । ‘रेलमा ४ सय ९९ जना श्रद्धालुहरु सवार रहेका छन्’ झाले भने, उनीहरुलाई जनकपुरधाममा ओरालेर रेल फिर्ता जाने छ ।

    तीर्थयात्रीहरु रात्रिवास बसेर शुक्रवार बसबाट भारतको सीतामढी जाने उनले बताए । रामायणमा वर्णन गरिएका सीतारामसित जोडिएको पवित्र स्थलहरुको दर्शन भारत गौरव पर्यटक रेलले गराउने छ । पहिलो पटक सो रेल जनकपुरधाममा आइपुग्दा भव्य स्वागतको तयारी गरिएको छ ।मधेश प्रदेश सरकारको उद्योग, पर्यटन तथा वन मन्त्रालयले यात्रुहरुको स्वागतका लागि विशेष तयारी गरेको छ ।यात्रुहरुलाई स्वागत गर्न रेलवे स्टेशनमा प्रदेश सरकारका मन्त्री लगायत कर्मचारी, नगरवासी लगायतको उपस्थिति रहने मन्त्री शत्रुधन महतोले जनाए । ‘जनकपुरधामको पर्यटकीय विकासका लागि रामायण यात्रा कोसेढुंगा सावित हुनेछ’ उनले भने, यसले नेपाल र भारतबीचको सम्बन्धलाई समेत सुमधुर बनाउने छ ।तीर्थयात्रुहरुलाई जानकी मन्दिर समेत यहाँका तलाउ, सरोवर, मठमन्दिर, धनुषाधाम लगायत रामायणकालीन स्थलहरुको दर्शन गराइने जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णवले जनाए । नेपालको एकमात्र जयनगर– जनकपुरधाम–कुर्था ३५ किलोमिटरको रेलसेवासुरु भएको तीन महिना भित्र नै भारतको अत्यन्त महत्वाकांक्षी पर्यटक रेल आउन लागेको छ ।नेपालमा एकसाथ पाँच सय बढी पर्यटक ल्याउने ‘भारत गौरव पर्यटक रेल’ पहिलो र एकमात्र सवारीसाधन बनेको छ । भारत सरकारको विशेष पहलमा सञ्चालनमा आएको सो पर्यटक रेलको प्रचारमा भारत–नेपालको रामायणकालीन स्थलहरुको उल्लेख गरिएको छ । ८ हजार किलोमिटर लामो यात्रा गर्न १८ दिनको समय निर्धारण गरिएको छ ।भारतको राजधानी नयाँदिल्लीबाट प्रस्थान हुने ‘भारत गौरव पर्यटक रेल’ तेस्रो दिन जनकपुरधाम आइपुग्ने छन् ।

    रेलको सर्वाधिक महत्वपूर्ण तीर्थस्थल जनकपुरधाम र अयोध्या रहेको छ ।सीता र रामको जन्मस्थललाई जोड्दै रामायणकालीन सीताराम सम्बद्ध प्रसिद्ध स्थलहरुको दर्शन तीर्थयात्रुहरुलेगर्न पाउने छन् । रेलका यात्रुहरुले सीतामढी, वाराणसी, नासिक, रामेश्वरम्को दर्शन गरी पूनःभारतको राजधानी नयाँ दिल्ली फर्कने छन् । नयाँदिल्लीबाट छुटेको रेलको पहिलो हल्ट अयोध्या रहेको छ ।अयोध्यामा राम जन्मभूमि मन्दिर, हनुमान मन्दिर, भरत मन्दिर, नन्दीग्राम लगायतको स्थानको दर्शन यात्रुहरुले गर्नेछन् ।त्यहाँबाट छुटेपछि बिहारको बक्सरमा रेलको दोस्रो हल्ट रहेको छ ।त्यहाँ विश्वामित्र ऋषिको विश्रामस्थल लगायतका दर्शन, त्यसपछि गंगाको रामरेखा घाट यात्रुहरुले हेर्न पाउने छन् । रेलका अधिकारीहरुका अनुसार त्यहाँबाट रेल सोझै भारतको जयनगर स्टेशन हुँदै जनकपुरधाम आइपुग्ने छ । जनकपुरधाममा यात्रुहरुको होटेलमा विश्रामको व्यवस्था मिलाइएको छ । जनकपुरधामबाट भोलिपल्ट यात्रुहरु बस चढेर भारतको सीतामढी जाने छन् । त्यहाँबाट तीर्थयात्रीहरु ‘भारत गौरव पर्यटक रेल’बाट वराणसीका लागि प्रस्थान गर्ने छन् । वराणसीमा सीता समाहित भएको स्थलको दर्शन गरी तीर्थयात्रीहरुलाई प्रयागराज, श्रीगंवरपुर र चित्रकुटको दर्शन सडक मार्गबाट गराइने बताइएको छ । त्यसपछि पूनः‘भारत गौरव पर्यटक रेल’ बाट नासिक, त्रयंम्बकेश्वर मन्दिर र पञ्चवटीको दर्शन यात्रुहरुले गर्नेछन् । नासिकपछिको यात्रा किष्किन्धा हुनेछ । हम्पीमा रात्रि विश्रामपछि यात्रुहरुले भगवान हनुमानको जन्मस्थल अन्जनेय पर्वत लगायतका पवित्रस्थलहरुको दर्शन गर्ने छन् ।त्यसपछि रामेश्वरम्मा रामनाथास्वामी मन्दिर, धनुषकोडीमा तीर्थयात्रीहरु पुग्ने छन् ।रात्रि विश्रामपछि यात्रीहरु काञ्चिपुरम्मा शिव काँची, विष्णु काँची र कामाक्षी मन्दिरको दर्शन गर्ने बताइएको छ ।

    तीर्थयात्रीहरुको अन्तिम दर्शनीय स्थल तेलांगाना राज्यको भद्राचलम हुनेछ ।त्यहाँबाट अयोध्या फिर्ता हुने र दिल्ली पुगेर १८ दिने ८ हजार किलोमिटर लामो तीर्थयात्रा पूरा हुने अधिकारीहरुले जनाएका छन् । ११ वटा ‘थ्री टायर एसी’ बोगी रहेको ‘भारत गौरव पर्यटक रेल’मा ६ सय तीर्थयात्रुहरुले यात्रा गर्न सक्छन् ।सरसमान र भान्साका लागि दुईवटा अतिरिक्त बोगी रहेको सो रेलमा शुद्ध र ताजा शाकाहारी भोजन यात्रुहरुलाई उपलब्ध गराइनेछ । रेलमा एकजना यात्रुको भाडा भारतीय रुपैया ६२ हजार ३ सय ७० (नेपाली रु ९९,७९२) रहेको रेलवे अधिकारीहरुले जनाएका छन् ।त्यसमा रेलको भाडा, बस यात्रा, भोजन, रात्रि विश्राम स्थलमा आवास, वीमा लगायतका सुविधाहरु उपलब्ध रहेको बताइएको छ । रेलवेले पहिलो बुक गर्ने पचास प्रतिशत यात्रीलाई टिकटमा ५ प्रतिशत छुटको प्रबन्ध गरेको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • उद्योगसँग सम्बन्धित विषयमा पथलैया औद्योगिक कोरिडोरका उद्योगीहरूसँग अन्तरक्रिया सम्पन्न
  • सिरहामा गाँजासहित तीन जना पक्राउ
  • मधेशमा दिउँसो बर्षाको सम्भावना, तीनदिनसम्म पानी पर्ने अनुमान
  • औषधी पसलमा अनुगमन गर्न गएका विभागका कर्मचारीहरु कुटिए
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    उद्योगसँग सम्बन्धित विषयमा पथलैया औद्योगिक कोरिडोरका उद्योगीहरूसँग अन्तरक्रिया सम्पन्न

    सिरहामा गाँजासहित तीन जना पक्राउ

    मधेशमा दिउँसो बर्षाको सम्भावना, तीनदिनसम्म पानी पर्ने अनुमान

    औषधी पसलमा अनुगमन गर्न गएका विभागका कर्मचारीहरु कुटिए

    चट्याङबाट चार वर्षमा २३७ को मृत्यु, ९०८ जना घाइते

    पत्रकार हत्या र मिडियामाथिको आक्रमणका सम्बन्धमा उच्चस्तरीय स्वतन्त्र छानविन गर्न माग

    वर्षामा समस्यारहित बनाउने प्रयासमा नारायणगढ-मुग्लिन सडकखण्ड

    ठाकुरराम क्याम्पसमा फर्जी भर्ना प्रकरणः विद्यार्थी नेताहरूको रिहा, आन्दोलन जारी रहने चेतावनी

    आज सोमवारको राशिफल

    पर्सामा सशस्त्र प्रहरीले छापामारी गरी ६ लाख ९८ हजार बराबरको कपडा बरामद

    उद्योगसँग सम्बन्धित विषयमा पथलैया औद्योगिक कोरिडोरका उद्योगीहरूसँग अन्तरक्रिया सम्पन्न

    सिरहामा गाँजासहित तीन जना पक्राउ

    मधेशमा दिउँसो बर्षाको सम्भावना, तीनदिनसम्म पानी पर्ने अनुमान

    औषधी पसलमा अनुगमन गर्न गएका विभागका कर्मचारीहरु कुटिए

    चट्याङबाट चार वर्षमा २३७ को मृत्यु, ९०८ जना घाइते

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    उद्योगसँग सम्बन्धित विषयमा पथलैया औद्योगिक कोरिडोरका उद्योगीहरूसँग अन्तरक्रिया सम्पन्न

    News

    सिरहामा गाँजासहित तीन जना पक्राउ

    News

    मधेशमा दिउँसो बर्षाको सम्भावना, तीनदिनसम्म पानी पर्ने अनुमान

    News

    औषधी पसलमा अनुगमन गर्न गएका विभागका कर्मचारीहरु कुटिए

    News

    चट्याङबाट चार वर्षमा २३७ को मृत्यु, ९०८ जना घाइते

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑