बिरगंज । विशेष सूचनाका आधारमा प्रहरीले अबैध अन्तर्राष्ट्रिय कल बाईपास गर्ने एकजनालाई पक्राउ गरेको छ।केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) र जिल्ला प्रहरी कार्यालय पर्साको संयुक्त टोलीले बिरगंज वडा नम्बर २ रेल्बे रोड छपकैया मनान मिया तेलीको घरमा चार महिना देखि बस्दै आएका भारतीय नागरिक इरफान सुफियान खानलाई नियन्त्रणमा लिएको छ।खानलाई VOIP (Voice Over Internet Protocol) कल बाईपास गर्दै गर्दाको अवस्थामा नियन्त्रणमा लिइएको हो ।
घटनाबारे थप अन्सन्धान भैरहेको र खानलाई जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाउन लगिएको सिआइबी काठमाडौंका प्रहरी निरीक्षक गणेश सुवेदीले जानकारी दिए।