• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    १० हजारसम्मले बढ्यो सवारी कर : कुन सवारीकाे कर कति ?

  • वीरगंज संजाल
  • ८ असार २०७९, बुधबार ०६:०७
  • ३८२०१

    बिरगंज । गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्ष २०७८/०७९ भन्दा २०७९/०८० मा सवारी करमा भारी वृद्धि गरेको छ । गत असार १ गते प्रदेश सभामा अर्थमन्त्री रामजी बरालले पेस गरेको बजेटमा सवारी करको दर हेरफेर गरिएको बताएका थिए ।

    आयव्ययको अनुमान (बजेट)सँगै उनले प्रदेश सभामा पेस गरेको आर्थिक विधेयक २०७९ मा सवारी कर १० हजारसम्म बढाइएको छ । अर्थात्, आगामी आर्थिक वर्षदेखि निजी सवारी साधनवाहकले नवीकरण दस्तुरमार्फत वार्षिक रूपमा १० हजारका दरले बढी शुल्क बुझाउनुपर्नेछ ।

    सरकारले चालु आर्थिक वर्षमा ५ अर्ब ६० करोड आन्तरिक राजस्व उठाउने लक्ष्य लिएको थियो । तर, उक्त लक्ष्य अनुसारको राजस्व संकलन नहुने भएको छ । प्रदेशको आन्तरिक राजस्वको सबैभन्दा ठुलो स्रोत भनेकै सवारी कर हो ।आगामी बजेटमा आन्तरिक राजस्वको आकार ३० करोडले बढाएर ५ अर्ब ९० करोड पुर्‍याइएको छ, भने उक्त लक्ष्य पूरा गर्नको लागि सवारीमा व्यापक करवृद्धि गरिएको हो ।

    प्रदेश सरकारले नै आगामी वर्षदेखि अर्धवार्षिक रूपमासवारीको जाँचपास गर्ने प्रावधान पनि थपेको छ ।चालु आर्थिक वर्ष र आगामी वर्षको अनुसूचीलाई तुलना गर्दा निजी सवारीको वार्षिक कर बढेको छ ।

    चालु आर्थिक वर्षमा एक हजार सीसीसम्म क्षमताका निजी सवारी साधन कार, जीप, भ्यान, माइक्रोबसले वार्षिक कर २० हजार रुपैयाँ बुझाए पुग्थ्यो । तर, आगामी वर्षदेखि यी सवारीले २२ हजार रुपैयाँ बुझाउनुपर्ने हुन्छ ।

    एक हजारदेखि १५ सय सीसी क्षमताका सवारीको कर तीन हजारले बढेर २२ हजारबाट २५ हजार रुपैयाँ पुगेको छ ।

    सबैभन्दा बढी २५ सय देखि २९ सय सीसी क्षमताका सवारीको कर बढेको छ । वार्षिक ४० हजार तिरे पुग्नेमा आगामी आर्थिक वर्षदेखि चाहिँ ५० हजार रुपैयाँ तिर्नुपर्ने हुन्छ ।

    सरकारले चालु आर्थिक वर्षमा २९ सयदेखि माथि सीसी क्षमताका सवारीले वार्षिक रूपमा ५६ हजार कर तिनुपर्ने प्रावधान राखेको थियो । आगामी वर्षमा ३५ सीसी भन्दामाथि क्षमताका सवारीले वार्षिक कर ६५ हजार बुझाउनुपर्ने भएको छ ।

    ट्रिपरको वार्षिक कर पनि २ हजारले बढेर ४० हजारबाट ४२ हजार पुग्दा डोजर, एक्साभेटर, लोडर, क्रेन, मिनिट्रिपरको वार्षिक कर चाहिँ ४० हजार रुपैयाँ यथावत् राखिएको छ ।

    कृषि क्षेत्रमा प्रयोग हुने, ट्रयाक्टर, पावरटेलरको कर पनि बढेको छ । कृषिमा प्रयोग हुने ट्रयाक्टरको कर ४ हजारबाट बढाएर ७ हजार पु¥याइएको छ । पावरटेलरको कर पनि १३ सयले बढेको छ । चालु वर्षमा तीन हजार २०० तिनुपर्ने ठाउँमा अर्को वर्षदेखि चार हजार ५०० बुझाउनुपर्ने भएको छ ।

    मिनिट्रक÷मिनिबसको कर चार हजार बढाएर २७ हजार पु¥याइएको छ । ट्रक र बसले ३३ हजार ५०० को सट्टा ३५ हजार तिनुपर्ने भएको छ ।

    दुईपाङ्ग्रे सवारी (बाइक र स्कुटर) को पनि वर्गीकरण थपेर करमा व्यापक बढोत्तरी गरिएको छ ।

    चालु आर्थिक वर्षमा सरकारले दुइपाङ्ग्रे सवारी साधनलाई १२५ सीसी, १२६ देखि २५०, २५१ देखि ४०० र ४०१ देखि माथि भनेर चारप्रकारमा वर्गीकरण गरी क्रमशः दुई हजार ६००, चार हजार ५००, नौ हजार ५०० र २० हजार वार्षिक कर तोकेको थियो ।

    तर, अहिले भने वर्गीकरण बढाएर ६ वटा पुर्‍याइएको छ भने कर पनि १० हजार सम्मले बढाइएको छ ।

    आगामी वर्षदेखि सरकारले दुइपाङ्ग्रे सवारीमा १२५, १२५–१५०, १५०–२२५, २२५–४००, ४००–६५० र ६५० भन्दा माथि गरी ६ प्रकारले वर्गाीकरण गरेको छ ।

    उक्त वर्गीकरण अनुसार १२५ सीसी क्षमताका सवारीले तीन हजार, १५० सम्मकाले पाँच हजार, २२५ सीसी क्षमताका सवारीले ६ हजार ५०० वार्षिक कर तिनुपर्ने हुन्छ ।

    २२५ सीसीदेखि ४०० सीसी क्षमताका सवारीको कर ११ हजार पु¥याइएको छ । जबकि चालु आवमा यो कर नौ हजार ५०० तिरे पुग्थ्यो । ४०० देखि माथिकाले वार्षिक २० हजार तिनुपर्ने प्रावधान अहिले ४०० देखि ६५० सीसी क्षमताका सवारीका लागि तोकिएको छ ।

    ६५० सीसी भन्दा माथिका सवारीले वार्षिक कर ३० हजार रुपैयाँ तिनुपर्ने भएको छ ।

    चालु आर्थिक वर्षमा नभएको विद्युतीय सवारी साधनको कर पनि सरकारले आगामी वर्षदेखि संकलन गर्ने भएको छ ।

    आगामी वर्षदेखि विद्युतीय सवारी साधनमध्ये मोटरसाइकल÷स्कुटरले ३५० देखि एक हजार किलोवाट क्षमतासम्म एक हजार, १५ सय वाटसम्म १५ सय रुपैयाँ र त्यो भन्दा माथि वार्षिक दुई हजार रुपैयाँ कर तिनुपर्ने हुन्छ ।

    कार, जीप, भ्यान, माइक्रोबस र बसले चाहिँ ५० देखि १२५ किलोवाटसम्म १० हजार, दुई सय किलोवाटसम्म १५ र २०० देखि माथि वार्षिक रूपमा २० हजार रुपैयाँ कर बुझाउनुपर्ने हुन्छ ।

    भाडामा दर्ता भएका सवारीमा ६ हजार रुपैयाँसम्म कर बढेको छ ।

    सार्वजनिक सवारीको आवेदन दस्तुर, अनुमतिपत्र, नवीकरण, नामसारी, पञ्जीकरण, रुट इजाजत दस्तुर चाहिँ घटेको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पत्रकार हत्या र मिडियामाथिको आक्रमणका सम्बन्धमा उच्चस्तरीय स्वतन्त्र छानविन गर्न माग
  • वर्षामा समस्यारहित बनाउने प्रयासमा नारायणगढ-मुग्लिन सडकखण्ड
  • ठाकुरराम क्याम्पसमा फर्जी भर्ना प्रकरणः विद्यार्थी नेताहरूको रिहा, आन्दोलन जारी रहने चेतावनी
  • आज सोमवारको राशिफल
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पत्रकार हत्या र मिडियामाथिको आक्रमणका सम्बन्धमा उच्चस्तरीय स्वतन्त्र छानविन गर्न माग

    वर्षामा समस्यारहित बनाउने प्रयासमा नारायणगढ-मुग्लिन सडकखण्ड

    ठाकुरराम क्याम्पसमा फर्जी भर्ना प्रकरणः विद्यार्थी नेताहरूको रिहा, आन्दोलन जारी रहने चेतावनी

    आज सोमवारको राशिफल

    पर्सामा सशस्त्र प्रहरीले छापामारी गरी ६ लाख ९८ हजार बराबरको कपडा बरामद

    उच्च युरिक एसिड भएकाले यी कुरा नखानुहोस्

    मेवाको पातको रस यी ५ समस्या भएकाहरुले अवश्य पिउनुहोस्!

    हत्या अभियोगमा एक जना पक्राउ

    बिना अक्सिजन धौलागिरीको चुचुरोमा पुगे पाकिस्तानी आरोही

    दक्षिण लेबनानमा स्थानीयबासी र संयुक्त राष्ट्रका शान्ति सैनिकबीच झडप

    पत्रकार हत्या र मिडियामाथिको आक्रमणका सम्बन्धमा उच्चस्तरीय स्वतन्त्र छानविन गर्न माग

    वर्षामा समस्यारहित बनाउने प्रयासमा नारायणगढ-मुग्लिन सडकखण्ड

    ठाकुरराम क्याम्पसमा फर्जी भर्ना प्रकरणः विद्यार्थी नेताहरूको रिहा, आन्दोलन जारी रहने चेतावनी

    पर्सामा सशस्त्र प्रहरीले छापामारी गरी ६ लाख ९८ हजार बराबरको कपडा बरामद

    मेवाको पातको रस यी ५ समस्या भएकाहरुले अवश्य पिउनुहोस्!

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पत्रकार हत्या र मिडियामाथिको आक्रमणका सम्बन्धमा उच्चस्तरीय स्वतन्त्र छानविन गर्न माग

    News

    वर्षामा समस्यारहित बनाउने प्रयासमा नारायणगढ-मुग्लिन सडकखण्ड

    News

    ठाकुरराम क्याम्पसमा फर्जी भर्ना प्रकरणः विद्यार्थी नेताहरूको रिहा, आन्दोलन जारी रहने चेतावनी

    News

    आज सोमवारको राशिफल

    News

    पर्सामा सशस्त्र प्रहरीले छापामारी गरी ६ लाख ९८ हजार बराबरको कपडा बरामद

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑