सर्लाही । सर्लाहीमा एक युवाको हत्या गरिएको अवस्थामा शव फेला परेको छ।
सर्लाहीको कविलासी नगरपालिका ८ मा करिब २३ वर्षीय अमरेन्द्र ठाकुरको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिए।
उनले प्रारम्भिक अनुसन्धानबाट हत्या भएको देखिएको र यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान थालेको बताए। बुढाथाेकीका अनुसार स्थानीयले ठाकुरकाे शव रगतले लतपतिएको अवस्थामा गाउँकै बाँस झाडीनजिक देखेपछि प्रहरीलाई खबर गरेका थिए।