बिरगंज । रौतहटको गरुडामा मतदाता नामावलीमा महिला,दलित लगायत सिमान्कृत समुदायकाे पहुँच सुनिश्चितताका लागि जिल्लास्थित सराेकारवालाहरुसंग अन्तरक्रिया सम्पन्न भएकाे छ ।
दलित सरोकार मञ्च नेपाल,कन्चनरुप नगरपालिका ८ सप्तरी नेपालको आयोजना तथा राष्ट्रिय दलित पत्रकार संघ नेपालको सहकार्यमा आशिर्वाद गेष्टहाउस गरुडा बजारको सभाहलमा सम्पन्न कार्यक्रममा सहभागीहरुले मतदाता नामावली संकलनकाे लागि हरेक वडाहरुमा घुम्ति शिविर संचालन गरेपछि मात्रै दलितहरुको मतदाता नामावलीमा सुधार आउन सक्ने बताए।
दलित समुदाय गरिब,आर्थिक तथा साधन बिहिन रहेको कारण जिल्ला प्रसाशन वा अन्य ठाउँमा पुगेर मतदाता नामावली बनाउन साह्रै कठिनाइ भइरहेकोले मतदाता नामावलीमा नाम नरहेकाे बताउँदै सहभागिहरुले नामावली संकलनकाे लागि घुम्ति शिविर सेवा संचालन गर्नु पर्ने माग गरे ।
कार्यक्रममा जिल्लाका विभिन्न ठाउँबाट आएका दलित अगुवाहरुले आ-आफ्नो मन्तव्य राखेका थिए। मन्तव्य राख्नेक्रममा दलित अगुवा पुनित रामले हरेक टोल वा वडाहरुमा घुम्ति शिविर संचालन भएपछि मात्रै दलित समुदायका व्यक्तिहरुले मतदाता नामावलीमा आफ्नो नाम दर्ता गरउन सक्ने बताउदै,सहज तरिकाले मतदाता नामावली संकलन गर्नका लागि घुम्ति शिविर संचालन गर्नुपर्ने बताए ।
जिल्ला निर्वाचन कार्यालयका अधिकृत छोटेलाल दासले पछिल्लो समय रौतहटमा ४३ हजार ५ सय ८० जना भन्दा मतदाता थपिएको बताएउदै मतदाता नामाबली संकलन बिषेश कार्यक्रम अन्तरगत १६ हजार ६ सय ६९ जना नयाँ मतदाता थपिएको जसमा ८ हजार ७ सय ३२ पुरुष र ७ हजार ९ सय ३७ महिला रहेको अधिकारी दासले जानकारी दिएका छन् ।
यसैगरी जिल्ला निर्वाचन कार्यालय,जिल्ला प्रशासन कार्यालय गौर,इलाका प्रशासन कार्यालय गरुडा र इलाका प्रशासन कार्यालय चन्द्रनिगाहपुरमा गरी २६ हजार ८ सय ९४ जनाले फोटो सहितको मतदाता बनाएको प्रमुख दासले बताए ।
त्यस्तै जिल्ला निर्वाचन कार्यालयमा ९ हजार ५ सय ६४ जना,जिल्ला प्रशासन कार्यालयमा ४ हजार ८ सय ३४,इलाका प्रशासन कार्यालय गरुडामा ४ हजार ८ सय ७८ र इलाका प्रशासन कार्यालय चपुरमा ७ हजार ६ सय २१ जनाले नाम दर्ता गराएको र हाल सम्म रौतहटमा करिब ४ लाख १६ हजार भन्दा बढी मतदाताहरु रहेको उनले जानकारी दिए ।
साथै अधिकारी दासले जिल्ला निर्वाचन कार्यालयले पटक-पटक मतदाता नामावली संकलन गर्दै आइ रहेको अवस्था रहेको बताउदै २०७४ सालको निर्वाचन पछाडि निर्वाचन आयोगले बनाएको कार्ययोजना अनुसार आफुहरु १८ ओटै स्थानीय तहहरुमा पुगेको बताउनुभयो ।
२०७८ मंसिर १७ गतेदेखि पौष ९ गतेसम्म पहिलो चरण र माघ ४ गतेदेखि माघ १८ गतेसम्म दोस्रो चरणमा हरेक पालिकाहरुमा पुगेर मतदाता नामावली संकलन गरेको तर घुम्ती शिविर संचालन गर्न ठुलो जनशक्ति र प्रविधिको आवश्यकता रहेकोले त्यो कुरा सम्भव न रहेपनि जनताले गरेको गुनासोलाई आत्मसाथ गरी गाउँ गाउँमा मतदाता नामावली संकलनकाे लागि निर्वाचन आयाेगमा आफूले पहल गर्ने समेत अधिकारी दासले आश्वासन दिए।
राष्ट्रिय दलित पत्रकार संघ रौतहटका कोषाअध्यक्ष प्रदिप दासकाे अध्यक्षतामा भएकाे कार्यक्रममा सामजवादी प्रेस संगठन रौतहटका उपाध्यक्ष रौशन चौधरी,प्रेस चौतारीका आरके श्रीवास्तव राष्ट्रिय दलित पत्रकार संघ का अध्यक्ष राजेश पासवान दलित अगुवाहरु पुनित राम,सोनेलाल राम,बिगनेश पासवान,सत्यनारायण राम,रामविनय दास,महेन्द्र दास,रामपुकार पासवान लगायत विभिन्न पालिकाहरुबाट आएका दलित अगुवा तथा पत्रकारहरु र दलित सराेकार मञ्चका आइटी अफिसर सुनिल सरवरिया लगायतका व्यक्तिले पनि मन्तव्य राखेका थिए भने कार्यक्रमकाे संचालन कुमार चन्दनले गरेका थिए। ।