वीरगञ्ज । वीरगञ्ज–सडक निर्माण हुदै गरेको ठाउँबाट नै मेसिन चोरी गरेको आरोपमा एकजनालाई पर्सा प्रहरीले नियन्त्रणमा लिएको छ ।
वीरगञ्ज महानगरपालिका वडा नम्बर १२ ब्रह्म चोक स्थित निर्माण हुदै गरेको सडकबाट ग्रेडर मेसिन चोरी गरेको आरोपमा वीरगञ्ज लक्षमनवाका सन्तोष साहलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
नेशनल ईन्फोटेक कलेजको सामुनेको सडक निर्माण कार्यमा प्रयोग हुदै आएको ग्रेडर शनिबार दिनदहाडै त्यही ठाउँबाट साहले चोरी गरी निर्माण स्थलबाट सय मिटरको दुरीमा राखेको अवस्थमा प्रहरीले फेला पारेको थियो ।