• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    वीरगन्ज चिनि र कृषी औजार कारखाना सरकारले संचालन गर्न सक्दैन — नेका प्रवक्ता महत

  • वीरगंज संजाल
  • ५ असार २०७९, आईतवार १६:३२
  • २४१३

    वीरगंज । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाश शरण महतले वीरगन्जको चिनिकारखाना र कृषी औजार कारखाना संचालन गर्न नसकिने स्पष्ट पार्नुभएको छ । प्रेस युनियन पर्साले आईतबार वीरगन्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता महतले बजेट भाषणमा अर्थमन्त्री ज्यूले बोलेको कुरा सबै अक्षरस ठिक छ भन्ने म विस्वस्त छैन । अर्थ मन्त्रालय व्यवसायीक रुपमा चल्नु पर्छ ।

    सरकारी उद्योग तथा कलकारखाना संचालन गरे देश घाटामा नै जान्छ, त्यसैले लामो समय देखि बन्द रहेको वीरगन्ज चिनी कारखाना तथा कृषि कारखाना त्यसतै काठमाडौंमा रहेको ईटा उद्योग, राजधानी वाहिर बन्द रहेका बिभिन्न कारखाना हरू फेरि संचालन मा ल्याउनु पर्ने आवश्यक नरहेको उनले बताए ।

    निजि क्षेत्रको लगानी गरिसकेको क्षेत्रमा सरकारले लगानी गर्नु पर्ने कुनै आवश्यकता नरहेको औल्याउँदै सरकारले स्वास्थ्य, शिक्षा, बाटोघाटो, खानेपानी लगायत सार्वजनिक सदुपयोग हुने कुरामा लगानी गर्नुपर्ने जोड दिए ।
    २०४६ परिर्वतन पहिला सार्वजनिक सम्पत्ती घाटामा थियो त्यसलाई सुधार गर्न सकिदैन, सरकारले अनावश्यक ठाउँमा सहभागिता नजनाउँने बताउँदै उनले भने, ‘ कांग्रेसले देशको उद्योग बन्द ग¥यो भनेर कम्युनिष्टहरुले गाली गर्थे तर कम्युनिष्टहरु सरकारमा आउँदा किन ति बन्द उद्योग संचालन गर्न सकेनन् प्रश्न गर्दै उहाँहरुलाई पनि थाहा छ, बन्द उद्योग संचालन गरे नाफा होईन देशलाई घाटा नै हुन्छ ।

    महतले स्टेट पार्टनरसीप प्रोग्राम एसपीपीलाई राष्ट्रियतासँग जोडेर एमालेले आक्रमण गर्न खोजेको आरोप समेत लगाए । उनले एमालेले आक्रमण गर्न खोजे पनि अहिले त्यो विफल भएको दावी गरे । ‘स्थानीय चुनाव हारेको अवस्थामा फरि कुनै एउटा राष्ट्रियतासँग जोडिएको मुद्दा खोजेर आक्रमण गर्दा सहज हुन्छ कि भनेर आक्रमण गरेका रहेछन्,’ उनले भने, ‘आरोप प्रत्यारोपको कुनै अर्थ छैन । सम्पूर्ण कुरा थाहा भइसकेको छ ।’

    नेपाली कांग्रेस र कांग्रेसको नेतृत्वका सरकार नेपालको स्वार्थ र हितलाई केन्द्रित गरेर मात्रै परराष्ट्र नीति सञ्चालन गर्ने बताउँदै उनले स्टेट पार्टनरसीपको विषयमा पनि त्यसै हुने उनको दावी छ । स्टेट पार्टनरसीप प्रोग्राम कुनै सैन्य गठबन्धन नभएको दाबी गर्दै पूर्व परराष्ट्रमन्त्रीसमेत रहका उनले भने, ‘सैन्य गठबन्धनतर्फ उन्मुख हुन्छ कि भन्ने चासो र चिन्ता हुन्छ । त्यसलाई ध्यानमा राखेर सहभागी नहुने कुरा प्रधानमन्त्रीले भनिसक्नुभएको छ ।’

    महतले संघ र प्रदेशको निर्वाचनमा पनि गठबन्धनको आवश्यकता रहेकोमा जोड दिए । कुनै एउटा दलले पूर्ण बहुमत ल्याउने कुरा कठिन रहेको बताउँदै उनले चुनाव अघि नै गठबन्धनका लागि सहमति हुनुपर्नेमा जोड दिए । प्रेस युनियन पर्साले वीरगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता महतले चुनावपछि सरकार बनाउन दल खोज्दै हिँड्नु भन्दा अहिले नै गठबन्धन गरेको राम्रो हुने सुझाव दिए ।

    स्थानीय तहमा भएको गठबन्धन तालमेलमा भएका कमीकमजोरीको समीक्षा गरेर कसरी अघि जाने भनेर निर्णय गर्नुपर्ने उनको भनाइ छ । केपी ओली सरकारले कोभिड–१९ को राम्रोसँग व्यवस्थापन गर्न नसकेको, भ्रष्टाचार बढेको र संवैधानिक मर्यादा कायम राख्न नसकेकोले गठबन्धन गरेको बताउँदै उनले त्यसको निरन्तरता आवश्यक रहेको बताए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पत्रकार हत्या र मिडियामाथिको आक्रमणका सम्बन्धमा उच्चस्तरीय स्वतन्त्र छानविन गर्न माग
  • वर्षामा समस्यारहित बनाउने प्रयासमा नारायणगढ-मुग्लिन सडकखण्ड
  • ठाकुरराम क्याम्पसमा फर्जी भर्ना प्रकरणः विद्यार्थी नेताहरूको रिहा, आन्दोलन जारी रहने चेतावनी
  • आज सोमवारको राशिफल
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पत्रकार हत्या र मिडियामाथिको आक्रमणका सम्बन्धमा उच्चस्तरीय स्वतन्त्र छानविन गर्न माग

    वर्षामा समस्यारहित बनाउने प्रयासमा नारायणगढ-मुग्लिन सडकखण्ड

    ठाकुरराम क्याम्पसमा फर्जी भर्ना प्रकरणः विद्यार्थी नेताहरूको रिहा, आन्दोलन जारी रहने चेतावनी

    आज सोमवारको राशिफल

    पर्सामा सशस्त्र प्रहरीले छापामारी गरी ६ लाख ९८ हजार बराबरको कपडा बरामद

    उच्च युरिक एसिड भएकाले यी कुरा नखानुहोस्

    मेवाको पातको रस यी ५ समस्या भएकाहरुले अवश्य पिउनुहोस्!

    हत्या अभियोगमा एक जना पक्राउ

    बिना अक्सिजन धौलागिरीको चुचुरोमा पुगे पाकिस्तानी आरोही

    दक्षिण लेबनानमा स्थानीयबासी र संयुक्त राष्ट्रका शान्ति सैनिकबीच झडप

    पत्रकार हत्या र मिडियामाथिको आक्रमणका सम्बन्धमा उच्चस्तरीय स्वतन्त्र छानविन गर्न माग

    वर्षामा समस्यारहित बनाउने प्रयासमा नारायणगढ-मुग्लिन सडकखण्ड

    ठाकुरराम क्याम्पसमा फर्जी भर्ना प्रकरणः विद्यार्थी नेताहरूको रिहा, आन्दोलन जारी रहने चेतावनी

    पर्सामा सशस्त्र प्रहरीले छापामारी गरी ६ लाख ९८ हजार बराबरको कपडा बरामद

    मेवाको पातको रस यी ५ समस्या भएकाहरुले अवश्य पिउनुहोस्!

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पत्रकार हत्या र मिडियामाथिको आक्रमणका सम्बन्धमा उच्चस्तरीय स्वतन्त्र छानविन गर्न माग

    News

    वर्षामा समस्यारहित बनाउने प्रयासमा नारायणगढ-मुग्लिन सडकखण्ड

    News

    ठाकुरराम क्याम्पसमा फर्जी भर्ना प्रकरणः विद्यार्थी नेताहरूको रिहा, आन्दोलन जारी रहने चेतावनी

    News

    आज सोमवारको राशिफल

    News

    पर्सामा सशस्त्र प्रहरीले छापामारी गरी ६ लाख ९८ हजार बराबरको कपडा बरामद

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑