वीरगंज । ४ असाढ ,२०७९, कृयाशिल युवा पत्रकार मंच पर्साले शनिवार वीरगंजमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
मंचका अध्यक्ष प्रणय साहको अध्यक्षतामा वीरगंजको घण्टाघरमा आयोजित रक्तदान कार्यक्रममा ५ महिला सहित १ सय १ जनाले रगतदान गरेको कृयाशिल युवा पत्रकार मंचका कोषधयक्ष आनन्द पटेलले बताए । रक्तदान गर्नेहरुमा राकेश कुमार साह ,दिपु पटेल , उपेन्द्र बरै , प्रणय कुमार साह,बुनिल पटेल लगायतका रहेका छन् ।
रक्तदान कार्यक्रममा रक्त संचार केन्द्रका प्रविधीकहरुले सहयोग गरेका थिए ।