• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    पढाइ निजीमा, सर्टिफिकेट सरकारीबाट

  • वीरगंज संजाल
  • ५ असार २०७९, आईतवार ११:१२
  • २४५३

    महोत्तरी । गौशालाका २ विद्यालय दुई दशकदेखि बिनादर्ता सञ्चालनमा रहेको पाइएको छ। गौशाला नगरपालिका–११ स्थित न्यु भिजन पब्लिक बोर्डिङ स्कुल र ज्ञानमन्दिर बोर्डिङ स्कुल २३ वर्षदेखि बिनादर्ता अवैध रूपमा सञ्चालनमा छन्। ज्ञानमन्दिर स्कुल जनता मावि भरतपुरखोरको छेउमै कक्षा १० सम्म सञ्चालनमा छ। ज्ञानमन्दिरलाई २०५६ सालमा जनता माविका तत्कालीन प्रधानाध्यापक नारायण ढकाल, विद्यालयका स्रोत व्यक्ति हेमन्त प्रधानलगायतले स्थापना गरेको पाइन्छ। त्यस्तै, इमली बजारमा रहेको न्यु भिजनको स्थापना पनि सोही वर्ष भएको थियो। यी दुवै विद्यालयले अनुमतिबिना नै कक्षा १० सम्म पठनपाठन गराउँदै आएका छन्। सोझासाझा अभिभावकलाई दोहोरो आर्थिक भार बोकाएर यी विद्यालयका सञ्चालकहरूले मोटो रकम कुम्लाउँदै आएका छन्। यी विद्यालयको परिसरमा नेपाल सरकारले तोकेको कुनै पनि मापदण्ड पूरा नरहेको पाइएको छ।

    विद्यार्थी भर्नाताका रंगीचंगी ब्यानरमा सेवासुविधाका नाममा अनेकौं झुटा भ्रामक प्रचारप्रसार गरेर सोझा अभिभावकहरूसँग सजिलै बच्चा लिन सिपालु भएका छन्, यी विद्यालयहरू। मासिक रूपमा मोटो रकम उठाउने विद्यालयले विद्यार्थीलाई न त गुणस्तर शिक्षा दिएका छन् न त सेवासुविधा नै। विद्यार्थीलाई सर्टिफिकेट पनि दिन सकेका छैनन्, ती विद्यालयहरूले।

    नर्सरी कक्षाको पनि छैन अनुमति

    अवैधानिक रूपमा विद्यालय सञ्चालन गर्दै आएको कुरा ती दुवै विद्यालयका प्रिन्सिपलहरूले स्वीकारेका छन्। ती विद्यालयले शून्य कक्षा सञ्चालनको पनि स्वीकृत पाएका छैनन्। तर, वार्षिक रूपमा सयौं विद्यार्थीहरूलाई अवैधानिक रूपले शिक्षा प्रदान गर्दै आएका छन्। सरकारी विद्यालयको सहारामा वर्षौंदेखि विद्यार्थीहरूलाई एसएलसी परीक्षामा सहभागी गराउँदै आएको न्यु भिजन पब्लिक स्कुलले जनाएको छ। स्कुलका प्रिन्सिपल रामदुलार महतोको अनुसार हरेक वर्ष सरकारी विद्यालयबाट एसएलसीको बोर्ड परीक्षामा सहभागी गराएर सर्टिफिकेट बनाउँदै आएको छ। नर्सरीदेखि कक्षा १० सम्म पढाइ हुने यस विद्यालयमा अध्ययन हुने विद्यार्थीसँग मासिक रूपमा ७ सयदेखि १ हजार ८ सयसम्म रकम लिँदै आएको प्रिन्सिपल महतोले बताए।

    ‘अवैधानिक भए पनि क्रमिक रूपमा कक्षा थप्यौं’

    ज्ञानमन्दिर स्कुलका प्रिन्सिपलले अनुमति नपाए पनि विद्यालयले कक्षा १० सम्म पढाउँदै आएको बताए। स्थापनादेखि नै जनता मावि भरतपुरखोरसँग समन्वयन गरी विद्यालय सञ्चालन गर्दै आएको प्रिन्सिपल हरिहर शर्माले बताए। ‘यहाँ नर्सरीदेखि कक्षा १० सम्म पढाइ हुन्छ। विद्यार्थीले यहाँ मासिक शुल्क, वार्षिक शुल्क मात्र तिर्नुपर्ने हुन्छ। भर्ना शुल्क भने सरकारी विद्यालयमा तिर्नुपर्ने हुन्छ। विद्यार्थीहरूले जनता माविमा दर्ता गराउँदै आएका छन्,’ उनले भने, ‘अभिभावक र विद्यार्थीको चाहनाअनुसार अवैध रूपमा भए पनि कक्षा प्रत्येक वर्ष कक्षा थप्दै आएको छु। हाम्रा विद्यार्थीहरूको हाजिरी त्यही विद्यालयमा छ। गत वर्षसम्म विद्यार्थीहरूले पाठयपुस्तक पनि पाएका थिए।’विद्यालयमा वर्षौंदेखिको बेथितीलाई अन्त्य गर्न असफल भएको जनता माविका प्रधानाध्यापक रामनारायण साहले स्वीकारे।

    त्यस्तै, ६० प्रतिशत हाजिरीको रेकर्डअनुसार परीक्षा लिने परिपाटी विविध कारणवस लागू गराउन नसकेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ललितकुमार महतोले बताए। उनले भने, ‘कार्यालय सम्हालेको २ वर्षको अवधिमा कोरोनाका कारण विद्यालयमा हाजिरीको सिस्टम कार्यान्वयन हुन सकेन। यसपटक शिक्षा नीतिअनुसार ६० प्रतिशत हाजिरी अनिवार्य कायम भएको छ।’ जनता माविका विद्यार्थीहरू अधिकांश समयमा अर्को विद्यालयमा पढ्दै आएको शिक्षा अधिकृत संजयकुमार सिंहले पनि स्वीकारेका छन्। भर्नाको क्रममा केही दिन विद्यार्थीहरू नियमित रूपमा पढ्न आए तापनि अन्य समयमा उनीहरू पायकपर्ने स्थानमा अध्ययन गर्दै आएका हुन्छन्। अब चाँडै नै नगर शिक्षा समिति गठन गरेर नियमन गरिने अधिकृत सिंहले बताए।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • आज सोमवारको राशिफल
  • पर्सामा सशस्त्र प्रहरीले छापामारी गरी ६ लाख ९८ हजार बराबरको कपडा बरामद
  • उच्च युरिक एसिड भएकाले यी कुरा नखानुहोस्
  • मेवाको पातको रस यी ५ समस्या भएकाहरुले अवश्य पिउनुहोस्!
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    आज सोमवारको राशिफल

    पर्सामा सशस्त्र प्रहरीले छापामारी गरी ६ लाख ९८ हजार बराबरको कपडा बरामद

    उच्च युरिक एसिड भएकाले यी कुरा नखानुहोस्

    मेवाको पातको रस यी ५ समस्या भएकाहरुले अवश्य पिउनुहोस्!

    हत्या अभियोगमा एक जना पक्राउ

    बिना अक्सिजन धौलागिरीको चुचुरोमा पुगे पाकिस्तानी आरोही

    दक्षिण लेबनानमा स्थानीयबासी र संयुक्त राष्ट्रका शान्ति सैनिकबीच झडप

    भारतलाई निःशुल्क शालिग्राम दिइएको भन्दै गौतमको आपत्ति

    कांग्रेस–एमालेले उपसभामुखलाई हटाउन खोज्दैछन् : सांसद सिंह

    ३ जना मृतावस्थामा फेला

    पर्सामा सशस्त्र प्रहरीले छापामारी गरी ६ लाख ९८ हजार बराबरको कपडा बरामद

    मेवाको पातको रस यी ५ समस्या भएकाहरुले अवश्य पिउनुहोस्!

    हत्या अभियोगमा एक जना पक्राउ

    बिना अक्सिजन धौलागिरीको चुचुरोमा पुगे पाकिस्तानी आरोही

    दक्षिण लेबनानमा स्थानीयबासी र संयुक्त राष्ट्रका शान्ति सैनिकबीच झडप

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    आज सोमवारको राशिफल

    News

    पर्सामा सशस्त्र प्रहरीले छापामारी गरी ६ लाख ९८ हजार बराबरको कपडा बरामद

    News

    उच्च युरिक एसिड भएकाले यी कुरा नखानुहोस्

    News

    मेवाको पातको रस यी ५ समस्या भएकाहरुले अवश्य पिउनुहोस्!

    News

    हत्या अभियोगमा एक जना पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑