वीरगन्ज । वीरगन्जको ठाकुरराम बहुमुखी क्याम्पसमा जीर्ण भएका शौचालयहरुको मर्मत सम्भार गरिएको छ । मधेस प्रदेश सरकारका खानेपनी तथा ऊर्जा विकास मन्त्री ओम प्रकाश शर्माले आफनो संसदीय विकास कोषबाट पलब्ध गराएको ३० लाख रुपैयाको लागतमा क्याम्पसका शौचालयहरुको मर्मत सम्भार गरिएको हो ।
उपभोक्ता समितिका अध्यक्ष रमेश साह कानुका अनुसार , क्याम्पसको दुवै मुख्य भवन , क्याम्पस प्रमुखको कार्यकक्ष र शिक्षा संकाय भवनमा रहेका गरि ११ स्थानका शाौचालयहरुको मर्मत सम्भार गरिएको हो । उनले शौचालय मर्मतको काम अन्तिम चरणमा पुगि सकेको जानकारी पनि दिए ।
क्याम्प प्रमुख उमेश चौरसीयाका अनुसार , विधार्थी , कर्मचारी र प्राध्यापकहरुले प्रयोग गर्दै आएका शौचालयहरु जीर्ण भइ प्रयोग गर्नै नसक्ने अवस्थामा पुगेका थिए । यस बारे जानकारी गराएपछि मन्त्री शर्माको विकास कोषबाट उपलब्ध रकमबाट सबै शौचालयहरुको मर्मत सम्भार गरिएको उनले बताए ।
चौरसीयाका अनुसार , जीर्ण अवस्थामा पुगेका शौचालयहरु म्र्मत सम्भार गरि सबैमा टायल लगाइएको ,बिग्रेका ढोकाहरु फेरिएको , सेनेटेरी पाइपहरु नयाँ लगाउनुका साथै शौचालयका भित्ताहरु प्लाष्टर पनि गरिएकोे छ । मन्त्री शर्माको सहयोगले शौचालयहरु मर्मत सम्भार गरिएपछि क्याम्पसमा विधार्थी , प्राध्यापक र कर्मचारीलाइ अब निक्कै सहज भएको क्याम्पसका कर्मचारी मनोहर साहले जानकारी दिए ।