वीरगंज । पहिरोका कारण अवरुद्ध भैसे-भीमफेदी सडकखण्डमा पुनः यातायात सञ्चालनमा आएको छ। भीमफेदी गाउँपालिका-४ पान्द्राङमा गए राति वर्षासँगै आएको पहिरोका कारण अवरुद्ध उक्त सडकखण्डमा आज बिहानदेखि दुवैतर्फीरूपमा यातायात सञ्चालनमा आएको इलाका प्रहरी कार्यालय भीमफेदीले जनाएको छ।
यस्तै, हेटौँडा-भीमफेदी हुँदै काठमाडौँ जोड्ने छोटो मार्ग सिस्नेरी सडकखण्डमा अझै पनि यातायात सञ्चालनमा आउन सकेको छैन। केही दिनदेखि अवरुद्ध सडकखण्डमा यातायात सञ्चालनको लागि पहिरो हटाउने कार्य भइरहेको भीमफेदी प्रहरीले जनाएको छ।
हेटौँडाबाट संघीय राजधानी काठमाडौँ जोड्ने छोटो मार्गअन्तर्गत पर्ने उक्त सडकखण्डमा वर्षासँगै पटक-पटक पहिरो खस्दा सडक अवरुद्ध हुँदै आएको छ।