• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    मतगणनाको सीसीटिभीमा मिलेमतो गर्ने बिध ल्याबका सञ्चालक विरुद्ध अख्तियारको मुद्दा

  • वीरगंज संजाल
  • ४ असार २०७९, शनिबार १३:२०
  • २५३३

    वीरगंज । गत वैशाख ३० मा सम्पन्न स्थानीय तहको निर्वाचन अनुगमन गर्न भन्दै देशभरका स्थानीय तहमा राखिएका सीसीटिभी क्यामेरामा सेटिङ मिलाउने बीके भण्डारी उर्फ भीमकान्त भण्डारी विरुद्ध अख्तियारले मुद्दा दायर गरेको छ । ठेक्कापट्टा तथा सेटिङमा कुख्यात ओम्नी ग्रुपको आडमा निर्वाचन आयोगका कर्मचारीसँगको मिलेमतोमा बिना टेन्डर सीसीटिभीको करोडौँको ठेक्का हत्याएको बिध ल्याबका सञ्चालक भण्डारी विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको हो । २०७३ असोज २१ मा नासु सरहको पदबाट सरकारी सेवामा प्रवेश गरेका गुल्मी मालिका गाउँपालिका-५ का ३० वर्षीय बीके भण्डारीले चार वर्षमै राजीनामा दिएका थिए । तर त्यसयता उनले सवा छ करोड रुपैयाँभन्दा अकूत सम्पत्ति आर्जन गरेको आरोपमा अख्तियारले मुद्दा दायर गरेको कान्तिपुरमा उल्लेख छ ।

    भण्डारीले आफू सञ्चालक रहेका पाँच ओटा कम्पनीका नाममा दुई करोड ९५ लाख २५ हजार रुपैयाँ लगानी गरेको अख्तियारको अनुसन्धानबाट खुलेको छ । उनले बिध म्यानेजमेन्ट प्रालिमा २०७६ बाट कारोबार गरेको देखिन्छ । कोरोना महामारीकालमा सरकारले गर्दै आएको कोरोना परीक्षणको दायरा बढाएर ओम्नी समूहको समेत संलग्नता रहेको ठानिएको बिध ल्याबलाई घुसाएका थिए । स्वास्थ्य क्षेत्रमा काम गर्नेगरी सञ्चालनमा आएको बिध म्यानेजमेन्ट प्रालिले आफ्नो दायरा बढाउँदै आईटी (हार्डवेयर तथा सफ्टवेयर) क्षेत्रमा समेत सेटिङ मिलाउन थालेको समाचार टेकपानाले यस अघि नै प्रकाशित गरिसकेको छ । (टेकपानामा प्रकाशित समाचार हेर्न यहाँ क्लिक गर्नुहोस्) निर्वाचन आयोगले २०७८ चैत २ गते सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्राचारमार्फत सम्पूर्ण स्थानीय तहलाई परिपत्र गरिदिन अनुरोध गरेको थियो । जसमा मतदान कार्य सम्पन्न भएपछि मतपेटिकाको भण्डारण तथा मतगणना कार्यको अनुगमन आयोग परिसरबाटै गर्ने उद्देश्यले मतगणना स्थल दृश्य अवलोकन प्रणाली (भोट काउन्टिङ भिडिओ म्यानेजमेन्ट सिस्टम-भीसीभीएमएस) को प्रयोग गर्ने निर्णयले भएको उल्लेख छ ।

    सम्बन्धित स्थानीय तहले व्यवस्थापन गरी आफ्नै खर्चमा यस्तो प्रणाली राख्ने योजना बनाइएको थियो । तर त्यसका लागि आवश्यक स्पेसिफिकेसनमा ओम्नी समूहको लगानी रहेको बिध म्यानेजमेन्ट मात्र अटाउने प्रावधान घुसाइएको थियो । यसरी आयोगले बिध म्यानेजमेन्टसँगको मिलेमतोमा एउटा निश्चित कम्पनीको सामग्रीसँग मात्र मेल खानेगरी बिना टेन्डर करिब ३८ करोड रुपैयाँको सेटिङ मिलाएको खुलासा टेकपानाले गरेको थियो । दहुवा टेक्नोलोजीको वितरकको रुपमा रहेको बिध म्यानेजमेन्टले प्रत्येक मत गणना स्थलमा आवश्यक पर्ने सामग्रीका लागि करिब पाँच लाख रुपैयाँको प्याकेज बनाएको थियो । आयोगले त्यसका लागि तयार पारेको स्पेसिफिकेसनमा सर्भिलेन्स हार्ड ड्राइभ आवश्यक पर्ने र त्यसका लागि दहुवा स्काईहक वा सो सरको स्पेसिफिकेसन हुनुपर्ने उल्लेख छ । सीसीटिभी ब्रान्ड दहुवाका लागि बिध ल्याब पछिल्लो समय नेपालको आधिकारिक वितरक बनेको थियो । यति मात्र होइन, भिडिओ म्यानेजमेन्ट सिस्टमका लागि समेत दहुवाकै १६ भिडिओ च्यानल सहितको डीएसएस प्रोफेसनल भी८ भिडिओ सर्भिलेन्समा आधारित प्याकेज हुनुपर्ने र डीएसएस प्रोफेसनल भी८ का लागि भिडिओ च्यानल एक्सपान्सन लाइसेन्स समेत स्पेसिफिकेसनमा उल्लेख छ । जब कि सरकारी खरिद प्रक्रियामा तयार पारिने यस्ता स्पेसिफिकेसनमा कुनै निश्चित कम्पनी वा ब्रान्डको नाम उल्लेख गर्न पाइँदैन ।

    डीएसएस अर्थात डिजिटल सर्भिलेन्स सिस्टम दहुवा टेक्नोलोजीकै भीएमएस (भिडिओ म्यानेजमेन्ट सिस्टम) सफ्टवेयर हो । यही सिस्टम कन्ट्रोलमार्फत नेपालमा रहेका दहुवाकै अन्य बिक्रेतालाई मतगणना स्थलमा सीसीटिभी राख्ने कार्यबाट निषेध गरिएको थियो । जग्गा खरिदमा ३ करोड ३५ लाख ३० हजार, रजिस्ट्रेसन दस्तुर १६ लाख ६९ हजार १ सय, बिध म्यानेजमेन्टमा एक करोड, बिध अटो मोबाइलमा ४० लाख, माडी खनिजमा १ करोड, बीएन डेभलपर्समा ५२ लाख ५० हजार, सेवा रेमिटमा २ लाख ७५ हजार, शेयर खरिदमा २ लाख ४५ हजार ८ सय ५० र बैंक मौज्दात ९५ हजार ६ सय २२ गरी भण्डारीको कुल लगानी ६ करोड ५० लाख ६५ हजार ४ सय ४२ रुपैयाँ रहेको उल्लेख छ । तर स्रोत खुल्ने सम्पत्ति भने २६ लाख ६१ हजार ६३६ रुपैयाँ मात्र छ । अख्तियार स्रोतलाई उद्धृत गर्दै कान्तिपुरले बाँकी सबै सम्पत्ति अकुत आर्जन वा कसैले कालो धन लगानी गर्न दिएको हुन सक्ने बताएको छ । अनुसन्धानका क्रममा भण्डारी र पत्नी विमला पन्थीका नाममा काठमाडौं र ललितपुरमा ३ करोड ३५ लाख ३० हजार रुपैयाँमा घरजग्गा खरिद गरेको देखिन्छ । तर, स्वआर्जन भनिए पनि त्यसको स्रोत नखुल्ने अख्तियारले जनाएको छ । त्यस्तै ४५ वटा संस्थामा १ हजार ४ सय ७८ कित्ता शेयर खरिद गरेको र उनको नाममा मात्रै १८ संस्थामा शेयर रहेको देखिन्छ । बाँकी शेयर श्रीमती र परिवारका अन्य सदस्यका नाममा रहेको देखिन्छ । अख्तियारले उक्त शेयरको मूल्य दुई लाख ४५ हजार ८५० रुपैयाँ कायम गरेको छ ।

    कस्तो कम्पनी हो बिध म्यानेजमेन्ट ?

    वास्तवमा बिध म्यानेजमेन्ट रिसर्च अर्थात अनुसन्धान गर्न खोलिएको कम्पनी हो । कोरोना महामारीको समयमा ओम्नीले ल्याएका स्वास्थ्य सामग्री गुणस्तरहीन देखिएपछि भन्सारमा रोकिए । त्यसपछि रातारात बिध म्यानेजमेन्टको बिधान परिवर्तन गरी ओम्नीका रोकिएका उपकरण नेपाल भित्र्याइएको थियो । लगत्तै बिध म्यानेजमेन्टले बिध ल्याबको नाममा स्वास्थ्य सेवा विभागबाट कोभिड परीक्षणका लागि अनुमति समेत पायो ।

    यो कम्पनीमा ओम्नी इन्टरनेसनलका विवादित व्यवसायी तुलहरिसिँह र होटल हिमालयका सञ्चालक नवीन तुलाधरको समेत संलग्नता रहेको स्रोतले बताएको छ । त्यसो त ओम्नी समूहको निर्वाचन आयोगसँगको संलग्नता पुरानै हो । यसअघिको निर्वाचनमा मतपत्र छपाईको जिम्मा पाएको यो कम्पनीले पछि त्यसमा प्रयोग भएका मसिन समेत आयोगलाई नै बिक्री गरी दोहोरो लाभ उठाएको थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • आज सोमवारको राशिफल
  • पर्सामा सशस्त्र प्रहरीले छापामारी गरी ६ लाख ९८ हजार बराबरको कपडा बरामद
  • उच्च युरिक एसिड भएकाले यी कुरा नखानुहोस्
  • मेवाको पातको रस यी ५ समस्या भएकाहरुले अवश्य पिउनुहोस्!
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    आज सोमवारको राशिफल

    पर्सामा सशस्त्र प्रहरीले छापामारी गरी ६ लाख ९८ हजार बराबरको कपडा बरामद

    उच्च युरिक एसिड भएकाले यी कुरा नखानुहोस्

    मेवाको पातको रस यी ५ समस्या भएकाहरुले अवश्य पिउनुहोस्!

    हत्या अभियोगमा एक जना पक्राउ

    बिना अक्सिजन धौलागिरीको चुचुरोमा पुगे पाकिस्तानी आरोही

    दक्षिण लेबनानमा स्थानीयबासी र संयुक्त राष्ट्रका शान्ति सैनिकबीच झडप

    भारतलाई निःशुल्क शालिग्राम दिइएको भन्दै गौतमको आपत्ति

    कांग्रेस–एमालेले उपसभामुखलाई हटाउन खोज्दैछन् : सांसद सिंह

    ३ जना मृतावस्थामा फेला

    पर्सामा सशस्त्र प्रहरीले छापामारी गरी ६ लाख ९८ हजार बराबरको कपडा बरामद

    मेवाको पातको रस यी ५ समस्या भएकाहरुले अवश्य पिउनुहोस्!

    हत्या अभियोगमा एक जना पक्राउ

    बिना अक्सिजन धौलागिरीको चुचुरोमा पुगे पाकिस्तानी आरोही

    दक्षिण लेबनानमा स्थानीयबासी र संयुक्त राष्ट्रका शान्ति सैनिकबीच झडप

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    आज सोमवारको राशिफल

    News

    पर्सामा सशस्त्र प्रहरीले छापामारी गरी ६ लाख ९८ हजार बराबरको कपडा बरामद

    News

    उच्च युरिक एसिड भएकाले यी कुरा नखानुहोस्

    News

    मेवाको पातको रस यी ५ समस्या भएकाहरुले अवश्य पिउनुहोस्!

    News

    हत्या अभियोगमा एक जना पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑