वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाकाे ११ औँ अधिवेशन यही असार १० गते हुने भएकाे छ । महानगरले शुक्रबार सूचना जारी गर्दै वीरगञ्ज महानगरपालिकाकाे ११ औँ नगर अधिवेशन असार १० गते बिहान ८ बजेदेखि नगरसभागृहमा गर्ने जानकारी दिएकाे हाे ।
यस्तै नगरअधिवेशनमा प्रस्तुत गर्ने एजेण्डा पनि तय गरेकाे छ ।
नगरअधिवेशनमा आगामी आर्थिक वर्ष २०७९/०८० काे नीतिहरु प्रस्ताव गर्ने, बजेट याेजना तथा कार्यक्रम प्रस्ताव गर्ने, आर्थिक विधेयक २०७९ र विनियाेजन विधेयक २०७९ पेश गर्नुका साथै विविध विषयमाथि छलफल हुने कार्यसूची तय गरेकाे हाे ।