वीरगंज । तनहुँको व्यास नगरपालिका–५ स्थित साँगेखोलामा म्याग्दे गाउँपालिका–७ का १८ वर्षीय रूपेश बिकको आज डुबेर मृत्यु भएको छ ।
माछा मार्ने क्रममा खोलामा बिकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक भानु शर्माले जानकारी दिए ।
बिकसँगै माछा मार्न गएका १७ वर्षीय विशाल उचैको भने सामान्य अवस्थामा प्रहरी र स्थानीयवासीले जीवितै उद्धार गरी निजको दमौली अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । रासस