• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    जिसस सर्लाही प्रमुखमा काँग्रेसका उम्मेदवार निर्विरोध निर्वाचित

  • वीरगंज संजाल
  • ३ असार २०७९, शुक्रबार १८:३९
  • २२७३

    वीरगंज । जिल्ला समन्वय समिति सर्लाहीको सभापतिमा नेपाली काँग्रेस र उपसभापतिमा माओवादी केन्द्रका उम्मेदवार निर्विरोध भएका छन् । निर्वाचन तालिका अनुसार शुक्रबार समन्वय सभापति र उपसभापतिसहित सम्पूर्ण पदमा पद संख्या अनुसार मात्र उम्मेदवारी परेको हो । पद संख्या अनुसार मात्र उम्मेदवारी परेका कारण सम्पूर्ण पदाधिकारी निर्विरोध भएका छन् । निर्वाचन तालिका अनुसार उम्मेदवारी फिर्ता र उम्मेदवारको अन्तिम नामावली सार्वजनिक हुन बाँकी रहेकोले निर्वाचन अधिकृतको कार्यालयले आधिकारिक घोषणा भने गरेको छैन । जिल्ला निर्वाचन स्रोतका अनुसार शुक्रवार अपराह्न ५ बजेपछि निर्विरोध निर्वाचित भएका पदाधिकारीको नाम घोषणा गर्ने तयारी छ । उम्मेदवारी दर्ता प्रक्रिया अनुसार सभापतिमा नेपाली काँग्रेसका कौशल किशोर सिङको मात्र उम्मेदवारी परेको छ । बलरा नगरपालिकाको मेयरमा पराजित भएका सिंह माओवादी केन्द्रसँग नै तालमेल गरी कार्यपालिका सदस्यमा निर्वाचित भएका थिए ।

    यस्तै जिल्ला निर्वाचन अधिकृतको कार्यालयका अनुसार उपसभापतिमा नेपाल कम्युनिस्ट पाार्टी (माओवादी केन्द्र) का जितेन्द्र कुमार महतोको मात्र उम्मेदवारी परेको छ । सदस्य पदमा नेपाली काँग्रेसका जलाउदिन मिया, राम बहादुर बमजन तामाङ र माओवादी केन्द्रका हिम बहादुर कार्की, महिला सदस्य पदमा नेपाली काँग्रेसकी पासपति देवी थरुनी, रामशिला कुमारी यादव र रेखा देवीको मात्र उम्मेदवारी परेको छ । यस्तै दलित एवं अल्पसंख्यक सदस्य पदमा नेपाली काँग्रेसकी सोनावती देवी बैठाको उम्मेदवारी परेको निर्वाचन कार्यालयका प्रमुख दिवाकर भुजेलले जानकारी दिए । २० वटा पालिका रहेको सर्लाहीमा नेपाली काँग्रेस एक्लैको २३ मत रहेको थियो । काँग्रेसले स्थानीय तह निर्वाचन २०७९ मा १२ पालिकामा प्रमुख र ११ पालिकामा उपप्रमुख जितेको थियो ।

    दोस्रोमा रहेको नेकपा माओवादी केन्द्रले जिल्लामा ४ पालिकामा प्रमुख र ४ पालिकामा उप प्रमुख जितेको छ । भने, संघीय समाजवादीले दुई पालिका तथा नेकपा एमाले र लोकतान्त्रिक समाजवादीले एकरएक स्थानमा प्रमुख उपप्रमुख जितेका थिए । स्पष्ट बहुमत रहे पनि नेपाली काँग्रेसमा अन्तिम सम्म दुई उम्मेदवारबीच कडा रस्साकस्सी देखियो ।उम्मेदवारीको अघिल्लो दिन बिहीबार साँझसम्म काँग्रेसका पूर्व केन्द्रीय सदस्य जंगिलाल रायका भाइ जगर्नाथ राय र कौशल किशोर सिङ टिकटको कडा दौडधुपमा थिए । अन्ततः प्रदेश कमिटीले सिङलाई टिकट दिएर पठाएको हो । सिंहले शुक्रबार दिउँसो मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर माओवादीसँगको गठबन्धनसहित उम्मेदवारी दिएका हुन् । जिल्ला समन्वय समितिमा प्रमुख, उपप्रमुख, सदस्य, महिला सदस्य र दलित तथा अल्पसंख्यक सदस्य गरी ९ जना पदाधिकारी निर्वाचित हुने व्यवस्था छ । यससँगै सर्लाहीमा गत वैशाखमा सुरुभएको स्थानीय तह निर्वाचनका सम्पूर्ण प्रक्रिया सम्पन्न भएको जिल्ला निर्वाचन कार्यालय सर्लाहीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • आज सोमवारको राशिफल
  • पर्सामा सशस्त्र प्रहरीले छापामारी गरी ६ लाख ९८ हजार बराबरको कपडा बरामद
  • उच्च युरिक एसिड भएकाले यी कुरा नखानुहोस्
  • मेवाको पातको रस यी ५ समस्या भएकाहरुले अवश्य पिउनुहोस्!
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    आज सोमवारको राशिफल

    पर्सामा सशस्त्र प्रहरीले छापामारी गरी ६ लाख ९८ हजार बराबरको कपडा बरामद

    उच्च युरिक एसिड भएकाले यी कुरा नखानुहोस्

    मेवाको पातको रस यी ५ समस्या भएकाहरुले अवश्य पिउनुहोस्!

    हत्या अभियोगमा एक जना पक्राउ

    बिना अक्सिजन धौलागिरीको चुचुरोमा पुगे पाकिस्तानी आरोही

    दक्षिण लेबनानमा स्थानीयबासी र संयुक्त राष्ट्रका शान्ति सैनिकबीच झडप

    भारतलाई निःशुल्क शालिग्राम दिइएको भन्दै गौतमको आपत्ति

    कांग्रेस–एमालेले उपसभामुखलाई हटाउन खोज्दैछन् : सांसद सिंह

    ३ जना मृतावस्थामा फेला

    पर्सामा सशस्त्र प्रहरीले छापामारी गरी ६ लाख ९८ हजार बराबरको कपडा बरामद

    मेवाको पातको रस यी ५ समस्या भएकाहरुले अवश्य पिउनुहोस्!

    हत्या अभियोगमा एक जना पक्राउ

    बिना अक्सिजन धौलागिरीको चुचुरोमा पुगे पाकिस्तानी आरोही

    दक्षिण लेबनानमा स्थानीयबासी र संयुक्त राष्ट्रका शान्ति सैनिकबीच झडप

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    आज सोमवारको राशिफल

    News

    पर्सामा सशस्त्र प्रहरीले छापामारी गरी ६ लाख ९८ हजार बराबरको कपडा बरामद

    News

    उच्च युरिक एसिड भएकाले यी कुरा नखानुहोस्

    News

    मेवाको पातको रस यी ५ समस्या भएकाहरुले अवश्य पिउनुहोस्!

    News

    हत्या अभियोगमा एक जना पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑