वीरगंज । प्रतिनिधिसभाको बैठकले सामाजिक सुरक्षा (पहिलो संशोधन) विधेयक, २०७९ स्वीकृत गरेको छ ।
प्रतिनिधिसभाको आजको बैठकले सामाजिक सुरक्षा विधेयक सर्वसम्मतिले स्वीकृत गर्दै छलफलका लागि समितिमा पठाएको हो ।अब विधेयकमाथि समितिमादफाबार छलफल हुनेछ ।
समितिले आवश्यक परिमार्जनसहित पारित गरेपछि उक्त विधेयक प्रमाणीकरणका लागि राष्ट्रपतिकोमा जाने छ । राष्ट्रपतिले प्रमाणीकरण गरेपछि कानुनको रूपमा कार्यान्वयनमा आउने छ ।