वीरगंज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एसपीपीमा पक्ष हुनका लागि तत्कालीन प्रधानमन्त्री तथा रक्षामन्त्री सुशील कोइरालाले पत्र लेखेको दाबी गरेका छन् । जनप्रनिधिहरूसँगको प्रशिक्षण कार्यक्रममा उनले आफूले निर्णय गरेको भनेर हल्ला चलाइरहेको बताए ।
“२०७२ साल असोज ६ गते संविधान जारी भएको ३ दिनपछि आफू सरकारबाट हट्ने तय भइसकेपछि नेकपा एमालेसँग भएको सहमति अनुसार आफूले सरकार सुम्पनुपर्ने निश्चित थियो नै ।
त्यो प्रतिबद्धता अघि नै आइसकेपछि प्रधानमन्त्री र रक्षामन्त्री सुशील कोइराला हुनुहुन्थ्यो,” उनले भने, “उहाँले रक्षामन्त्रीको हैसियतले निर्णय गर्नुभएको भएछ । एसपीपीमा पक्ष हुन पाइयोस् भनेर अमेरिकालाई आग्रह गर्ने निर्णय गर्नुभएको रहेछ ।”