वीरगंज । पूर्वपरराष्ट्रमन्त्री तथा नेपाली कांग्रेसकी सांसद सुजाता काेइरालाले प्रधानसेनापति प्रभुराम शर्मालाई एसपीपीबारे छलफलका लागि अन्तर्राष्ट्रिय सम्बन्ध समितिका बाेलाएकाेप्रति आपत्ति जनाएकी छन् ।अन्तर्राष्ट्रिय समितिमा आफ्नो धारणा राख्दै कांग्रेस सांसद सुजाता कोइराला । तस्बिर : जयसिंह महरा/कान्तिपुर प्रतिनिधिसभा अन्तर्राष्ट्रिय सम्बन्ध समितिले एसपीपीबारे छलफल गर्न शुक्रबार प्रधानसेनापति शर्मालाई बाेलाएकाे थियाे । समितिले बिहान ९ बजेदेखि प्रधानसेनापतिलगायतसँग छलफल गरिरहेको छ । समिति सदस्य काेइरालाले प्रधानसेनापतिलाई बाेलाएकाेबारे आपत्ति जनाइन् ।
‘देशको प्रधानसेनापतिलाई यसरी समितिमा बाेलाएर राख्दा कारबाही गरेजस्तो भयाे । अरु मुलुकले के भन्लान् ?,’ उनकाे भनाइ थियाे ।समितिमा धेरै राष्ट्रवाद देखिएकाले देश विकास नहुने पनि काेइरालाकाे भनाइ थियाे । काम गर्नुपर्ने बेला राष्ट्रवादका विषयमा घण्टाैं छलफल र गफमात्र भएको भन्दै उनले समिति सभापति पवित्रा निराैला खरेलसँग असन्तुष्टि पाेखिन् ।एसपीपीबारे प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्रमन्त्री नारायण खड्का र प्रधानसेनापति प्रभुराम शर्माले स्पष्ट पार्दा पनि समिति बैठक बाेलाएकाेमा काेइरालाकाे आपत्ति थियाे । उनले निश्चित देशहरूप्रतिकाे पूर्वाग्रहले यी विषय आएको आराेप लगाइन् । ‘हाम्रो सेना चीन पनि गएकाे हुन्छ, केही कुरा हुँदैन ।
भारत र अमेरिकाकाे कुरा आउँदा किन अफगानिस्तान बन्छ भनिन्छ ? किन आशंका गरिन्छ ?,’ उनले प्रश्न गरिन् ।समिति सभापति खरेलले भने विवाद सार्वजनिक भएपनि विषय स्पष्ट पार्नका लागि प्रधानसेनापति बाेलाइएकाे भन्दै काेइरालालाई जवाफ दिइन् । ‘एसपीपीकाे विषय सडक र संसद्मा उठिसकेपछि प्रधानसेनापतिलाई बाेलाइएकाे हाे, सजाय दिनका लागि हाेइन ।