बिरगंज । नेकपा (बहुमत)ले पेट्रोलियम पदार्थको मूल्यवृद्धि खारेजीको माग गर्दै झापामा एक घण्टा चक्काजाम गरेको छ।
पार्टीको पूर्वघोषित कार्यक्रमअनुसार नेकपा बहुमत झापा जिल्ला संयोजक जितु तामाङको नेतृत्वमा सडकमा उत्रिएका कार्यकर्ताहरूले बिहीबार बिहान १० बजेदेखि ११ बजेसम्म पूर्व पश्चिम राजमार्ग अन्तर्गत मेचीनगर-६ स्थित पालिया पुलमा एक घण्टा चक्काजाम गरेका हुन्। प्रदर्शनमा उत्रिएका कार्यकर्ताहरूले टायर बालेर सडक अवरोध गर्दा राजमार्गमा चल्ने यातायातका सवारीसाधन जाममा परेका थिए ।
यसअघि नेकपा बहुमतको केन्द्रीय समितिद्वारा घोषित सङ्घर्षका कार्यक्रमअनुसार जिल्ला प्रशासन कार्यालय झापामार्फत सरकारलाई ज्ञापनपत्रसमेत बुझाइसकेको छ। नेकपा बहुमतले पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध विभिन्न सङ्घर्षका कार्यक्रमहरू घोषणा गरेको थियो।