वीरगंज । मोरङ जिल्ला अदालतबाट विभिन्न मुद्दामा सजाय फैसला भएर फरार रहेका प्रतिवादीहरूलाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।
प्रहरीले पक्राउ परेका तीन जनालाई जिल्ला अदालत बुझाएको थियो । अदालतको आदेशअनुसार कैद भुक्तानका लागि उनीहरूलाई मोरङ कारागार कार्यालय चलान गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
प्रहरी प्रवक्ता डीएसपी दिपक श्रेष्ठकाअनुसार पक्राउ पर्नेमा जबरजस्ती करणी उद्योग २०७७ माघ २६ गते तीन वर्ष पाँच महिना तीन दिन कैद फैसला भएका मोरङको सुनवर्षी नगरपालिका वडा नम्बर ४ बस्ने बर्ष २५ को मेघनाथ यादव, सवारी ज्यान मुद्दामा २०७७ माघ २६ गते दुई वर्ष ११ महिना १५ दिन कैद तथा जरिबाना तोकिएका मोरङ सुनवर्षी नगरपालिका ५ बस्ने वर्ष ४५ को गरिव ऋषिदेव र चोरी मुद्दामा २ महिना १० दिन कैद फैसाला र जरिबाना तोकिएको सुनवर्षी नगरपालिका वडा नं ९ बस्ने वर्ष २३ को लक्ष्मण मण्डल रहेका छन् ।