वीरगन्ज । पर्साको पटेर्वा सुगौली गाउँपालिका वडा नम्बर ५ निचुटामा बुधबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
विश्व रक्तदाता दिवसको उपलक्ष्यमा नेपाल रेडक्रस सोसाइटी निचुटा उपशाखाले आयोजना गरेको रक्तदान कार्यक्रममा ५ महिला सहित ४६ जनाले रगत दान गरेका छन् ।
स्वास्थ्य चौकी निचुटाको परिसरमा आयोजित रक्तदान कार्यक्रममा वडा नम्बर ५ का वडाअध्यक्ष विपन मुखिया बिन, स्वास्थ चौकीका ईन्चार्ज प्रमोद कर्ण, अनमी अनिता कर्ण, स्थानीय शिवबालक ठाकुर, प्रेमनारायण यादव,राजेशलाल ठाकुर,सियादेवी कुर्मी लगाएत ४६ जनाले रक्तदान गरेको पटेर्वा सुगौली गाउँपालिकाका स्वास्थ शाखा प्रमुख भुजेन्द्र प्रसाद यादवले जानकारी दिए ।