

गत वर्ष छठघाट तयारीमा रु १६ लाख ८७ हजार बजेट विनियोजन गरिएकोमा रु १४ लाख ७३ हजार खर्च गर्दै समितिले रु २ लाख १४ हजार बचत गरेको थियो ।त्यसैगरी, पत्रकार सम्मेलनमा गत वर्ष साढे ४ हजारदेखि ५ हजारसम्म व्रतालुहरूको दउरा अटेकोमा यस वर्ष सो सङ्ख्या केही बढ्ने अनुमान गरिएको छ ।
त्यसैगरी, पोखरी परिसरलाई निगरानी गर्न पोखरीका चारवटा गेट तथा अन्य ठाउँमा गरी १२ वटा सिसिटिभी क्यामेराबाट निगरानी गर्ने योजना रहेको साहले बताए ।
समितिका अध्यक्ष प्रेम साह कानुको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनमा वीरगंज–१० का अध्यक्ष रामनगिना साह कानु, समितिका पूर्वअध्यक्षहरू वाल्मीकि साह, लखन साहलगायतको सहभागिता थियो ।


