वीरगंज । धनुषामा ११ हजार भोल्ट विद्युत्को तारमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सबैला नगरपालिका वडा नम्बर ९ बस्ने ४६ वर्षीय ज्ञानेन्द्र ठाकुर बरही रहेका छन् ।
बिरेन्द्रबजार यदुकुहा महिनाथ्पुर हुलाकी सडक अन्तर्गत भठिहन चौकमा मङ्गलवार दिउँसो सो दुर्घटना भएका हुन् ।११ हजार भोल्टको तारबाट जोइन्ट भएर आएको डिसको तार घर माथि फालिएको अवस्थामा छोइँदा करेन्ट लागेर उनी गम्भीर घाइते भएका थिए ।
ठाकुरलाई उपचारका लागि तत्कालै प्रादेशिक अस्पताल जनकपुरधाममा पुर्याएको थियो । उनलाई चिकित्सकले मृत घोषणा गरेका छन् ।