बागमती । बागमती प्रदेश सरकारले आगामि आर्थिक वर्षका लागि कृषि क्षेत्रलाई प्राथमिकतामा राखेको छ । प्रदेश सरकारले आगामी वर्षको बजेट घोषणा गर्दै कृषि क्षेत्रलाई विशेष प्राथमिकतामा राखेको जानकारी दिएको छ ।
प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जमकट्टेलले बजेट घोषणा गर्दै कृषि क्षेत्रलाई प्राथमिकतामा राखेको जानकारी दिए । आगामी वर्षका लागि प्रदेश सरकारले बीउमा आत्मनिर्भर बन्ने, खोरेत तथा रेबिज नियन्त्रण लगायतका योजना अघि सारेको छ ।
यसैगरी, रासायनिक मल कारखाना स्थापना तथा कृषि औजार कारखानाको सम्भाव्यता अध्ययन गर्ने योजना समेत बजेटमा समेटिएको छ । यसका साथै, एक वडा एक पशु स्वास्थ्य क्लिनिक स्थापनाको योजना समेत प्रदेशले अघि सारेको छ ।