वीरगंज । प्रदेश १ सरकारले पर्यटन तथा संस्कृति संरक्षणतर्फ रु. एक अर्ब १३ करोड ५८ लाख बजेट विनियोजन भएको छ । आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र आङ्बोले आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट प्रस्तुत गर्दै समग्र पर्यटन क्षेत्रको विकासमा सरकारको ध्यान भएको जनाएका छन् ।
उनले मुसाफिर खाना र सन्सारीमाई क्षेत्र निर्माणलगायतमा रु. १८ करोड बजेट विनियोजन गरिएको बताएका छन् । होमस्टेलाई व्यवस्थित गरी पर्यटन विकास गर्न बजेट विनियोजन भएको छ । भाषा, साहित्य कला तथा स्रस्टा सम्मानका लागि पनि बजेट विनियोजन भएको छ ।
थुम, किल्ला, मुन्दुम, मन्दिर संरक्षण तथा सम्वर्द्धनका लागि पनि बजेट विनियोजन गरिएको मन्त्री आङ्बोले बताएका छन् । लोपोन्मुक सीमान्कृत समुदाय तथा किरात समुदायको संस्कृति संस्कार अध्ययन गर्न बजेट विनियोजन भएको छ । धनकुटाको संहग्रहालय वहुसांस्कृतिक रूपमा विकास गर्न बजेट विनियोजन भएको मन्त्री आङ्बोले बताए ।