बागमती । बागमती प्रदेश सरकारले वन तथा वातावरण मन्त्रालयलाई ३२ अर्व २३ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम
जम्मकट्टेलले सरकारको आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै प्रदेशमा वन तथा वातावरण संरक्षणका काम गर्न उक्त बजेट विनियोजन गरेको बताएका हु्न् ।
उनले वन जंगल विस्तार, सिमसार क्षेत्रको संरक्षणमा उक्त बजेट कार्यान्वयन गरिने बताए । उनले प्रदेशभित्रका नाङ्गा डाँडाहरूमा एक वर्ष भित्र १५ हजार विरुवा रोप्ने बताए ।