• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    आफूमाथि सामूहिक बलात्कार भयो भन्दै युवतीले गरिन् प्रहरीलाई फोन, घर पुर्‍याइदिन्छु भन्दै होटल लगेर बलात्कार

  • वीरगंज संजाल
  • ३१ जेष्ठ २०७९, मंगलवार १७:१७
  • ३२५३

    वीरगंज । आफूमाथि सामूहिक बलात्कार भएकोबारे युवती आफैलेँ आइतबार प्रहरीलाई खबर गरिन्। युवतीले बिहान करिब साढे ३ बजेतिर प्रहरी कन्ट्रोल १०० मा फोन गर्दै आफूमाथि सामुहिक बलात्कार भएको बताएकी हुन्। युवतीले आफूमाथि भएको सामूहिक बलात्कारबारे १०० मा फोन गरी जानकारी गराएसँगै प्रहरी कन्ट्रोलले तत्काल घट्ना भएको भनिएको स्थान बौद्ध प्रहरी र प्रहरी परिसरमा जानकारी गरायो। घट्नाबारे अनुसन्धाका लागि तत्काल प्रहरी टोली खटियो। प्रहरी स्रोतका अनुसार महिलाले आफूमाथि बलत्कार भएको भन्दै फोन गरेकी थिइन्। उनी भन्छन्, ‘युवतीले प्रहरी कन्ट्रोलमा फोन गरेर ‘ममाथि तीन जनाले बलात्कार गरे’ भनेकी थिइन्।’

    अनुसन्धानमा खटिएको प्रहरी टोली युवतीले बताएअनुसार बौद्धस्थित लु्ङ्ता गेस्ट हाउसमा पुग्यो। गेष्ट हाउसको तेस्रो तलामा प्रहरी पुग्दा फोन गरी आफूमाथि सामूहिक बलात्कार भयो भन्दै फोन गरी जानकारी गराएकी युवती कोठामा थिइन्। तर बलात्कारीहरु भने कोही पनि त्यहाँ थिएनन्। प्रहरीले गेष्ट हाउसका सञ्चालक भनिएका झ्याम्पा ढिल्ले शेर्पासँग सोधपुछ गर्‍यो। सोधपुछका क्रममा युवतीले सञ्चालकलाई आफूमाथि बलात्कार भएको बताए पनि एक जनालाई भने भाग्न दिएको खुल्नमा आयो। प्रहरीले अनुसन्धान अघि बढाउने क्रममा सिसी टिभी फुटेज जाँच गर्नथाल्यो। त्यस्तै आफूमाथि सामूहिक बलात्कार भएको दाबी गर्दै फोन गरेकी युवतीलाई स्वास्थ्य परीक्षणका लागि थापाथलीस्थित प्रसुति गृह लगियो। महानगरीय प्रहरी परिसरका प्रवक्ता तथा एसपी दिनेशराज मैनालीका अनुसार ४ जना युवकहरुले मदिरा सेवन गरी युवतीमाथि सामूहिक बलात्कार गरेको खुलेको छ। बलात्कार आरोपि ४ जनालाई नै प्रहरीले पक्राउ गरिसकेको छ।

    एसपी मैनालीका अनुसार पक्राउ पर्नेहरुमा काठमाडौ महानगरपालिका बस्ने २४ वर्षीय रितेश तामाङ, काठमाडौँ महानगरपालिका–६ बस्ने सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–२ घर भएका २२ वर्षीय रिन्जेन शेर्पा, सोही महानगरपालिका–६ बौद्ध बस्ने सर्लाही बागमती नगरपालिका–४ घर भएका ३४ वर्षीय उत्तम लामा, बौद्ध बस्ने सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका–४ घर भएका लुङ्ता गेस्ट हाउसका सञ्चालक ३४ वर्षीय आङनिमा भन्ने झ्याम्पा ढिल्ले शेर्पा रहेका छन्। मैनालीका अनुसार पक्राउ परेका तीन जना युवकहरु भने आइतबार राति अबेरसम्म दरबारमार्गस्थित मधुशाला रेष्ट्रो एण्ड बारमा बसेका थिए। उनीहरु मध्ये दुईजना राति किङ्स लाउन्जमा गएका थिए । किङ्स लाउन्जमा नै युवतीसँग उनीहरुको भेट भयो । प्रहरीका अनुसार सुरुमा दुईजना युवतीसँग ती युवकहरुको भेट भएको थियो। युवती एक्लै भएको थाहा पाएपछि पक्राउ परेकामध्ये रिञ्जेन शेर्पाले घर पुर्‍याइदिन्छु भन्दै युवतीलाई फकाएको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले बताएका छन्। शेर्पाले राति घरको ढोका पनि नखुल्ने भएकाले बाहिरै कतै बस्न कर गरेका थिए । पीडित युवतीले प्रहरीलाई दिएको बयानका अनुसार, ‘यति राति घरको ढोका पनि खुल्दैन बाहिर कतै बसौँ भनेर मलाई कर गरे। उज्यालो भएपछि जाँदा हुन्छ भनेर धेरै नै भनेपछि म उसले भनेको ठाउँमा गएको थिएँ।’

    शेर्पाले भने पीडित युवतीलाई सिधै लुङ्ता गेस्ट हाउसमा लगेका थिए । रातिको समयमा होटलमा पुगेका कारण सुरुमा सञ्चालकले कोठा छैन भन्दै फर्काइदिए पनि पक्राउ परेका तीनजनामध्ये एक जनासँग सञ्चालकको चिनजान भएका कारण कोठा छ भन्दै बस्न दिएका थिए। शेर्पाले कोठा लिएर बसेसँगै अन्य दुईजना साथीहरु पनि राति नै त्यहाँ पुगेका थिए। मादक पदार्थ सेवन गरेर रमाइलो गर्दै बसेका उनीहरुले युवतीमाथि पालेपालो बलात्कार गरेको खुल्न आएको प्रहरी स्रोतले बताएको छ। प्रहरीका अनुसार ती तीन जना युवकहरुले सामूहिक बलात्कार गरेसँगै युवतीले सञ्चालकलाई जानकारी गराएकी थिइन्। यद्यपि सञ्चालक आफैँले समेत युवतीमाथि थप करणी गरेका थिए। त्यसपश्चात युवतीले फोन गरी प्रहरीलाई जानकारी गराएको बयानका क्रममा बताएकी छन्। घट्नामा संलग्न चार जनालाई नै पक्राउ गरी थप अनुसन्धान भइरहेको एसपी मैनालीले बताएका छन्।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पर्सामा सशस्त्र प्रहरीले छापामारी गरी ६ लाख ९८ हजार बराबरको कपडा बरामद
  • उच्च युरिक एसिड भएकाले यी कुरा नखानुहोस्
  • मेवाको पातको रस यी ५ समस्या भएकाहरुले अवश्य पिउनुहोस्!
  • हत्या अभियोगमा एक जना पक्राउ
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पर्सामा सशस्त्र प्रहरीले छापामारी गरी ६ लाख ९८ हजार बराबरको कपडा बरामद

    उच्च युरिक एसिड भएकाले यी कुरा नखानुहोस्

    मेवाको पातको रस यी ५ समस्या भएकाहरुले अवश्य पिउनुहोस्!

    हत्या अभियोगमा एक जना पक्राउ

    बिना अक्सिजन धौलागिरीको चुचुरोमा पुगे पाकिस्तानी आरोही

    दक्षिण लेबनानमा स्थानीयबासी र संयुक्त राष्ट्रका शान्ति सैनिकबीच झडप

    भारतलाई निःशुल्क शालिग्राम दिइएको भन्दै गौतमको आपत्ति

    कांग्रेस–एमालेले उपसभामुखलाई हटाउन खोज्दैछन् : सांसद सिंह

    ३ जना मृतावस्थामा फेला

    वीरगन्जमा संजीवनी एकेडमीको शिविरबाट १ सय जना लाभान्वित

    पर्सामा सशस्त्र प्रहरीले छापामारी गरी ६ लाख ९८ हजार बराबरको कपडा बरामद

    मेवाको पातको रस यी ५ समस्या भएकाहरुले अवश्य पिउनुहोस्!

    हत्या अभियोगमा एक जना पक्राउ

    बिना अक्सिजन धौलागिरीको चुचुरोमा पुगे पाकिस्तानी आरोही

    दक्षिण लेबनानमा स्थानीयबासी र संयुक्त राष्ट्रका शान्ति सैनिकबीच झडप

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पर्सामा सशस्त्र प्रहरीले छापामारी गरी ६ लाख ९८ हजार बराबरको कपडा बरामद

    News

    उच्च युरिक एसिड भएकाले यी कुरा नखानुहोस्

    News

    मेवाको पातको रस यी ५ समस्या भएकाहरुले अवश्य पिउनुहोस्!

    News

    हत्या अभियोगमा एक जना पक्राउ

    News

    बिना अक्सिजन धौलागिरीको चुचुरोमा पुगे पाकिस्तानी आरोही

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑