वीरगंज । ओखलढुंगामा १२ वर्षीया बालिकामाथि सामूहिक बलात्कार गरेको आरोपमा तीनजना पक्राउ परेका छन् । प्रहरीले उनीहरूलाई सोमबार साँझ पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा सिद्धिचरण नगरपालिका–३ बस्ने ३२ वर्षीय केवल भुजेल, ३१ वर्षीय डम्बर भुजेल र सिद्धिचरण–२ बस्ने ४० वर्षीय पूर्णप्रसाद फुयाल रहेका छन् ।
उनीहरूले ती बालिकालाई ललाइफकाइ विभिन्न प्रलोभनमा पारी डर, धम्की देखाई गएको वैशाख २७ गते दिउँसो सिद्धिचरण–११ स्थित स्थानमा बलात्कार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जनाइएको छ । जिल्ला प्रहरी कार्यालय ओखलढुंगाबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।