• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    विद्युत प्राधिकरणलाई एक करोडको घाटा गराएका माइला भन्छन्, ‘आत्महत्या गर्न तारमा चढेको थिएँ’

  • वीरगंज संजाल
  • २९ जेष्ठ २०७९, आईतवार १७:२७
  • ३३९३

    वीरगंज । नुवाकोटमा विद्युत प्रसारण लाइनमा झुन्डिएर शनिबार दिनभर तनाव सिर्जना गरेका माइला विक भनिने हिमबहादुर सुनार विक अहिले आश्रममा छन्। उनलाई नेपाली सेनाको टोलीले उद्धार गरी शनिबार साँझ प्रहरीले काठमाडौँको तारकेश्वर नगरपालिकास्थित नवजीवन परोपकार संस्थामा बुझाएको छ। प्रहरीले माइलाको उपचार तथा हेरचाह गर्ने जिम्मा उक्त संस्थालाई दिएको हो। संस्थाले अहिले उनलाई काउन्सिलिङ गरिरहेको छ। संस्थाले विकलाई तारमा चढ्नुको कारणसमेत पत्ता लगाउन प्रयास गरिरहेको छ।

    संस्थाका अध्यक्ष दुर्गानाथ दाहालका अनुसार उनले आफू आत्महत्याको लागि तारमा चढेको बताउने गरेका छन्। उनी भन्छन्, ‘मेरो परिवारमा समेत झमेला भइरहेको थियो। त्यसैले म आत्महत्या गर्नको लागि तारमा चढेको थिएँ तर सकिनँ भन्ने गरेका छन्।’विकले पारिवारिक झमेलाका कारण आत्माहत्या गर्न खोजेको भनिए पनि उनको मानसिक सन्तुलन ठीक नभएका कारण पत्याइहाल्ने अवस्था भने नरहेको दाहालले बताए। ‘उहाँको मानसिक सन्तुलन ठीक नभएका कारण काउन्सिलिङ गरिरहेका छौँ,’ उनी भन्छन्, ‘उहाँले बिहानैबाट चुरोट मागिरहनुभएको छ। आश्रममा चुरोट, जाँडरक्सीजस्ता कुराहरु केही पनि दिइँदैन। त्यसैले हामीले दिएका छैनौँ।’

    आश्रममा बसिरहँदा विकले अन्य कुनै अनौठो हर्कत भने नगरेको दाहाल सुनाउँछन्। दाहालका अनुसार आज आइतबार भएकाले संस्थाले नियमित रुपमा प्रयोग गर्दै आएको अस्पतालमा उपचार नहुने भएपछि सिभिल अस्पतालमा विकको उपचार गर्न लागिएको हो। उनी भन्छन्, ‘हामीले सिभिल अस्पतालमा डाक्टरहरुसँग कुरा गरेका छौँ। उहाँहरुले हुन्छ भन्नुभएको छ। अब हामीले औषधि उपचारको तयारी गरिरहेका छौँ।’ औषधि उपचारपछि मात्र विकको मानसिक अवस्था सामान्य हुँदै जाने र तारमा चढ्नुको यकिन कारण थाहा हुने उनले बताए।

    विकको अनौठो हर्कतका कारण नेपाल विद्युत प्राधिकरणले १ करोड रुपैयाँभन्दा बढीको घाटा व्यहोरेको जनाएको छ। विक बिजुलीको तारबाट झर्न नमानेपछि ६० मेगावाटको माथिल्लो त्रिशूली–३ ए आयोजनामा विद्युत उत्पादन नै केही समयको लागि बन्द भएको थियो। करेन्ट लाग्न सक्ने भएपछि विद्युत् उत्पादन बन्द गरिएको प्राधिकरणको भनाइ छ। जसका कारण प्राधिकरणले १ करोडभन्दा धेरै घाटा व्यहोर्नु परेको बताएको छ। ककनी गाउँपालिका–७ बाट तारमा चढेका ४४ वर्षीय विकलाई सेनाको टोलीले लिखु-३ पाण्डे गाउँबाट शनिबार साँझ करिब ७:३० बजेतिर उद्धार गरेको थियो। विकको अनौठो हर्कतका कारण उनी यतिबेला सामाजिक सञ्जालमा भाइरलसमेत बनेका छन्।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा
  • महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज
  • देशभर बर्षा र बाढीको चेतावनी
  • आज राष्ट्रीय धान दिवस
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    पर्सा बार एशाेसिएशनकाे अध्यक्षमा रामनारायण कुर्मी दाेब्बर मतले विजयी

    बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    News

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    News

    देशभर बर्षा र बाढीको चेतावनी

    News

    आज राष्ट्रीय धान दिवस

    News

    आज आइतबारको राशिफल

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑