वीरगंज । पूर्वडीआईजी रमेश खरेलले काठमाडौँ निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभाको निर्वाचनका लागि आफ्नो उम्मेदवारी घोषणा गरेका छन्।
सुशासन पार्टीका अध्यक्षसमेत रहेका उनले आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिने घोषणा गरेका हुन्। क्षेत्र नम्बर १ बाटै सामाजिक तथा राजनीतिक अभियान्ता पुकार बमले पनि उम्मेदवारी दिने घोषणा गरिसकेका छन्।
काठमाडौँ क्षेत्र नम्बर १ विसं २०७४ सालको संघीय निर्वाचनमा नेपाली कांग्रेसका पूर्वउपसभापति प्रकाशमान सिंह विजयी भएको क्षेत्र हो। सरकारले कात्तिक वा मंसिरमा चुनाव गराउने तयारी गरेकाे छ।