दाङ । रोल्पामा सडक खन्दै गरेको स्थानमा पहिरो झर्दा पुरिएर दुई बालककाे मृत्यु भएको छ।
इलाका प्रहरी कार्यालय, घर्ती गाउँ, रोल्पाका प्रमुख प्रहरी निरीक्षक देवराज भट्टराईका अनुसार परिवर्तन गाउँपालिकाको वडा न. ५ को दाउने भीर भन्ने ठाँउमा स्काभेटर मेसिनले सडक खन्दै गरेको स्थानमा पहिरो झर्दा सडकमा खेलिरहेका २ बालक पुरिएका हुन्।
माटाेकाे ढिस्काे खसेर पुरिएका बालक मृत फेला परेका छन्। घटना भएको स्थानबाट शव निकालिएको छ। निरीक्षक भट्टराईका अनुसार मृत्यु हुनेमा स्थानीय प्रकाश खड्काका छाेरा ६ वर्षका डेभिड खड्का र २ वर्षीय इशान खड्का रहेका छन्। घटनाको अनुसन्धान भइरहेको राेल्पा प्रहरीले जनाएको छ।