• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    वीरगंज–पथलैया व्यापारिक मार्गको काम सुस्त

  • वीरगंज संजाल
  • १५ कार्तिक २०७६, शुक्रबार ०८:५१
  • ५५७५

    वीरगंज | वीरगंज–पथलैया ६ लेन सडकको कामले तीव्रता लिन सकेको छैन । सडक निर्माण शुरू भएको सवा दुई वर्षमा ६० प्रतिशत काम मात्र सम्पन्न भएको छ ।२०७३ असार २९ गते शुरू भएको यो योजना २०७५ पुस २८ गते (तीस महीना)भित्र पूरा गर्नुपर्ने थियो । तर तोकिएको समयमा काम नभएपछि अहिले २०७७ असार मसान्तसम्म काम सम्पन्न गर्न अन्तिमपटक म्याद थप गरिएको छ । तोकिएको समयमा यथावस्था सरह काम भएको खण्डमा सम्पन्न हुने लक्षण देखिंदैन ।जीतपुर–परवानीपुरको अतिक्रमण हटाइए पनि त्यहाँ निर्माण कार्यले गति लिन सकेको छैन । यसैगरी, पथलैयादेखि सिमरासम्मको सडकखण्डमा पनि खासै प्रगति देखिंदैन । कतैतिर मात्र चार लेनको सडक सम्पन्न भएको छ भने थप दुई लेनको सडक बनाउने कार्य भइरहेको छ ।

    सिमरादेखि जीतपुर, परवानीपुर, गण्डक क्षेत्रसम्मको अवस्था कहालीलाग्दो छ । कतै पिच बनेको छ, कतै ग्रेभल बिच्छ्याइएको छ भने कतै काम नै शुरू भएको छैन । ६ लेन सडक निर्माणको लागि गण्डकदेखि पथलैयासम्म दुवैतर्पm नाला बनाएर सीमा निर्धारण गर्ने काम भने जोडतोडले भइरहेको छ । निर्धारित ठाउँमा पुनः अतिक्रमण नहोस् भनेर नाला निर्माणलाई तीव्रता दिइए पनि सडक, पूmटपाथको काम भने निकै सुस्त गतिमा चलिरहेको छ ।व्यापारिक मार्ग विस्तार योजना (वीरगंज–पथलैया) अन्तर्गत पथलैया–परवानीपुर–श्रीसिया सुक्खा बन्दरगाह, एकीकृत चेकपोस्टसम्म २६.४४ किमी ६ लेन र परवानीपुर–गण्डकचोक–वीरगंजसम्म ४.२५ किमी चार लेन सडक तथा पुल निर्माणको लागि ७ प्याकेजमा रु ५ अर्ब २० करोडमा ठेक्का सम्झौता भएको थियो ।

    तोकिएको समयमा काम पूरा नभए कारबाई गर्ने योजनाको कार्यालयले जनाउँदै आएको छ । तर कामलाई तीव्रता दिने सन्दर्भमा भने ठेकेदार कम्पनीलाई खासै दबाब दिएको पाइएको छैन ।सडक विभागले हेटौंडादेखि वीरगंजको मितेरीपुलसम्म सडक फराकिलो गर्ने सूचना जारी गरे अनुसार पथलैयादेखि हेटौंडासम्मको क्षेत्रमा सडक विस्तार शुरू छ । हेटौंडा र वीरगंजबाहेक अमलेखगंज, तीन नम्बर पुललगायतका क्षेत्रमा अतिक्रमण हटाउने कार्य शुरू छ । एक्साभेटरको प्रयोग गरेर निर्धारित सीमासम्मको अतिक्रमण हटाउने कार्य भइरहेको छ । हेटौंडा र वीरगंजको सन्दर्भमा भने राजनीतिक  र व्यापारिक दबाबको कारण टुङ्गो लागेको छैन ।

    प्रदेश नं ३ सरकारले हेटौंडाको सन्दर्भमा १६ मिटर अतिक्रमण हटाउने अडान गरेको कारण त्यहाँ सडक फराकिलो गर्ने काम ठप्प छ । यसैगरी, वीरगंजमा महानगरपालिकाले १५/१५ मिटर फराकिलो गर्ने अडान र व्यापारीहरूले राजनीतिक दबाबसँगै सर्वोच्चमा गुहार लगाएको कारण कात्तिक २४ गतेसम्मको लागि सडक फराकिलो गर्ने काम ठप्प भएको छ ।यसअघि गण्डकदेखि मितेरीपुलसम्म व्यापारिक मार्ग विस्तार योजना (वीरगंज–पथलैया)ले नापजोख गर्ने, सो क्ष्Fेत्रमा परेका सरकारी कार्यालयहरूलाई अतिक्रमण हटाउन पत्राचार गरिसकेको छ ।
    भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले छठभित्र वीरगंजको अनुगमन गर्ने आश्वासन दिए पनि अहिलेसम्म उनको आगमन र अनुगमन भएको छैन ।pratikdaily

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला
  • नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश
  • वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    News

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    News

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    News

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑