• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    नेपाली र अमेरिकी सेनाबीच सहकार्य बढाउने प्रतिबद्धता

  • वीरगंज संजाल
  • २८ जेष्ठ २०७९, शनिबार ०८:३४
  • ३७३७

    वीरगंज । द्विपक्षीय हित र पारस्परिक सम्बन्धमा जोड दिँदै नेपाल भ्रमणमा रहेका अमेरिकी सेनाको एसिया–प्रशान्त क्षेत्र प्रमुख चार्ल्स ए फ्लिनले काठमाडौंमा शुक्रबार उच्चस्तरीय भेटवार्ता गरेका छन् । उनले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट तथा प्रधानसेनापति प्रभुराम शर्मासँग भेटवार्ता गरे । भेटमा अमेरिकी दूतावासका उपप्रमुख मनुकल पी मिकलर पनि सहभागी थिए । नेपाल भ्रमणमा बिहीबार आएका जनरल फ्लिनले शुक्रबार बेलुकी शीतल निवास पुगेर राष्ट्रपति भण्डारीसँग शिष्टाचार भेट गरेका हुन् । ‘उहाँले नेपाली सेनाका प्रधानसेनापतिको अमेरिका भ्रमणको पूर्वतयारीका लागि आएको जानकारी गराउनुभयो,’ राष्ट्रपति भण्डारीका प्रेस विज्ञ टीका ढकालले भने ।

    जनरल फ्लिनले नेपाली सेना र अमेरिकी सेनाबीच सहकार्य रहेको उल्लेख गर्दै यसलाई थप अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका ढकालले बताए । नेपाली सेनाको परमाधिपतिसमेत रहेकी राष्ट्रपति भण्डारीले नेपाल शान्तिको पक्षमा रहेको तथा शान्तिका अग्रदूत गौतम बुद्ध नेपालमा जन्मेको अवगत गराउँदै नेपाली सेनाले विश्व शान्ति स्थापना कार्यमा काम गरिरहेको बताएकी थिइन् । भेटमा उनले शान्ति स्थापनाका लागि अन्तर्राष्ट्रिय समुदाय र अमेरिकी सरकारबाट प्राप्त सहयोगमा धन्यवाद दिइन् । केही वर्षयता नेपाली सेनाले अमेरिकी सेना, भारतीय सेना र चिनियाँ जनमुक्ति सेनासँग संयुक्त सैनिक अभ्यास गर्दै आइरहेको छ । साथै, अमेरिका, भारत र चीनसँग भूकम्प, कोभिड–१९ र अन्य समयमा पनि सहयोग लिँदै आइरहेको छ ।

    राष्ट्रपति भण्डारीसँग भेट गर्नुअघि जनरल फ्लिन बालुवाटारमा प्रधानमन्त्री तथा रक्षामन्त्री शेरबहादुर देउवालाई शिष्टाचार भेट गर्न पुगेका थिए । भेटमा नेपाल र अमेरिकाका सेनाबीचको सहकार्यका बारेमा कुरा भएको थियो । प्रधानमन्त्रीका प्रेस प्रमुख गोविन्द परियारका अनुसार राष्ट्रसंघीय शान्ति स्थापना मिसनमा नेपालको निरन्तर योगदानको जनरल फ्लिनले प्रशंसा पनि गरेका थिए । प्रधानमन्त्री देउवालाई भेट्नुअघि जनरल फ्लिन सैनिक मुख्यालय जंगी अड्डा पुगेका थिए । उनको सम्मानमा जंगी अड्डा परिसरमा नेपाली सेनाले सम्मान गारथ दिएको थियो । नेपाली सेनाको अपरेसनल गतिविधिका बारेमा प्रस्तुतीकरणसमेत गरिएको सेनाले जनाएको छ । त्यसपछि प्रधानसेनापति शर्माको कार्यकक्षमा भएको भेटमा द्विपक्षीय हितका विषयमा छलफल भएको सेनाले जनाएको छ ।

    उच्च पदस्थ अधिकारीबाट विगतमा भएका सद्भावना भ्रमणको निरन्तरतास्वरूप चारदिने औपचारिक भ्रमणका क्रममा जनरल फ्लिन शनिबार हिमाल दृश्यावलोकनका लागि माउन्टेन फ्लाइटमा सहभागी हुने कार्यक्रम छ । यस्तै, पाँचखालस्थित नेपाली सेनाको वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र र शिवपुरीस्थित सैनिक कमान्ड तथा स्टाफ कलेजको भ्रमण गरी आइतबारै उनी स्वदेश फिर्ता हुनेछन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑