वीरगंज । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका-४ साखर ड्याममा भासिएको सडकबाट एउटा कार र मोटरसाइकल खसेको छ। निरन्तर परेको वर्षाका कारण आज बिहान भासिएको सडकबाट कार र मोटरसाइकल खसेको हो।
मोटरसाइकल खसे पनि मोटरसाइकल चालक भने सकुसल रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए। कार भने नदीमा पुगेको छ।
‘कार पहिराले पुरिएको छ, माथिबाट हेर्दा अलिअलि मात्रै देखिएको छ’, उनले भने, ‘कारमा कति मान्छे थिए भन्ने खुलेको छैन।’ उपरीक्षक खड्काले गोताखोर, उद्धारकर्ता र स्वास्थ्यकर्मीसहितको टोलीलाई त्यहाँ परिचालन गरिएको बताए। कार आबुखैरेनीबाट मुग्लिङतर्फ जाँदैथियाे।