• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    वीरगञ्जको सडकमै माछा बजार

  • वीरगंज संजाल
  • २६ जेष्ठ २०७९, बिहीबार १२:३८
  • २२०५

    वीरगञ्ज । वीरगञ्जकै पुरानो होटल सम्झना होटलदेखि कृषि सामग्री कम्पनी लिमिटेडको गेटसम्म हरेक दिन साँझमा निकै भिड देखिन्छ । किनकि त्यहाँ माछा बिक्रीका लागि राखिएको हुन्छ । दर्जन भन्दा बढी माछा व्यापारीले विभिन्न प्रकारका माछा काटेर ग्राहकलाई बिक्री गर्छन् । मुख्य सडक किनारमा फेटा, रहु, ईजलायल, भकुरा, नैनी, मगुरा, एग्रेड, बी ग्रेड जातका माछा लहरै बेच्न राखिएका हुन्छन् । गुलामे मुस्तफा त्यही लाइनमा भेटिन्छन् । ‘ब्याचलर पढेको छु । जागिर छैन खानका लागि काम गर्नुपर्छ । माछा बेचेर गुजारा चलाउँछु,’ उनले अनलाइनखबरसँग भने ‘अन्यत्र बेच्न ठाउँ छैन, त्यसैले सडक छेउमा लगाउने गरेको छु ।’ दैनिक २०/२५ किलो माछा बिक्री हुने गरेको उनी बताउँछन् । आफूलाई मन पर्ने माछा पाइने भएकाले ग्राहकको पनि भिड लाग्ने गरेको देखिन्छ । सडकमै सवारी साधन रोकेर मानिसहरु माछा किन्न थाल्छन् । त्यहीँ कत्ला निकालेर काटेर बिक्री गर्ने गरिएकाले त्यो क्षेत्र निकै फोहोर र दुर्घन्धित छ ।

    त्यसो त वीरगञ्ज महानगरपालिकाको नगर प्रहरीले समय समयमा गएर उनीहरुलाई लखेट्ने गरेेको पनि देखिन्छ । तर न उनीहरुले सडक छेउमा माछा बेच्न छोडेका छन्, न महानगरले उनीहरुको लागि उचित ठाउँको प्रबन्ध गर्न सकेको छ । तरकारी तथा फलफूल बजार राखिएको मिनाबजारमा ठाउँ नपुग्ने व्यापारीहरु बताउँछन् । माछाको पसल राख्न घरधनीले सटर भाडामा पनि दिँदैनन् । सोही ठाउँमा नियमित माछा किन्न आउने वीरगञ्ज १५ का पप्पु सिंह महानगरपालिकाले व्यवस्थित ठाउँ बनाएर दिनुपर्ने बताउँछन् । सुरेश सावरियालाई पनि सडकमा माछा बेचेको देख्दा राम्रो लाग्दैन । तर माछा बेच्ने ठाउँ नपाए उनीहरुको परिवार कसरी चल्छ होला ? भनेर सोच्छन् । अनि ठिकै गरेका छन् भन्ने लाग्ने गरेको उनी बताउँछन् । अर्का माछाप्रेमी विकास रौनियार ताजा र स्वस्थ लाग्ने हुँदा सडकबाटै माछा किनेर खाने गरेको बताउँछन् । ‘ताजा माछा छ, स्वस्थकर छ भन्ने ठानेर किन्छौं,’ उनले भने, ‘मुख्य सडकमा बिक्री गर्नु त राम्रो होइन, तर काम गरेर खाने मान्छेहरुलाई महानगरले ठाउँ दिनुपर्छ ।’ नवनिर्वाचित नगर प्रमुख राजेशमान सिंहको टोलीले यसलाई व्यवस्थित गर्ने विश्वास उनको छ ।

    मधेस आन्दोलन ताका निकै चर्चित गीत ‘लाठी भाठा लेके होख तैयार, मधेस अभी बन्द बा’ को गायक धुरेन्द्र पण्डित पनि कहिलेकाहीँ माछा व्यापारीको हुलमा मिसिन्छन् । ‘श्रीपुरमा दोकान छ, तर मगुरा माछा पसलबाट बिक्दैन, त्यसैले अरुसँगै सडकमा ल्याएर बेच्छु,’ उनले भने । नगर प्रहरी आउँदा भाग्ने गरेको बताउँदै उनले व्यवस्थित माछामासु बजार नहुँदा यस्तो समस्या भइरहेको बताए । वीरगञ्जका मुर्ली क्षेत्रमा पहिल्यैदेखि सडक छेउमा माछा बजार लाग्ने गरेको रहेछ । पश्चिमतर्फको सडक नबनेकै अवस्थामा त्यो क्षेत्रमा बसेर आफूहरुले माछा बेचेको व्यापारीहरु बताउँछन् । पछि उत्तरतर्फ फुर्तिलाल मार्केट अगाडि माछा बजार लाग्थ्यो । त्यहाँबाट हटाइएपछि उनीहरु अहिलेको ठाउँमा आइपुगेका हुन् ।

    समसुद्दीन मियाले सानैदेखि माछा बेचेर गुजारा गर्दै आएका छन् । अहिले कपाल फुलिसकेको छ । माछा व्यापारी मध्येका पाका उमेरका उनी दिनको हजार पाँच सय कमाएर सटर भाडामा लिन नसकिने बताउँछन् । ‘बचपनदेखि नै माछा बेचेको हो । कहिले यता, कहिले उता जान भन्छन् । स्थिरले बस्न दिँदैनन्,’ उनले भने, ‘दिनको १०/२० किलो माछा बेच्दा हजार/पाँच सय बच्छ । सटर भाडामा लिएर पसल राख्न सक्ने स्थिति छैन ।’माछा नै बेच्दै आएकी मैफुल खातुन व्यवस्थित ठाउँ पाए आफूहरु जान तयार रहेको बताउँछिन् । ‘हामीले पहिल्यैदेखि सडकमा माछा बेच्ने गरेका थियौं, १०/१५ किलो माछा बेचेर गुजारा गर्नुपर्छ,’ उनले भनिन्, ‘ग्राहक नै नआउने ठाउँमा त जान सकिन्न, नजिकै कतै ठाउँ खोजेर व्यवस्थापन गरिदिए सर्न तयार छौं ।’वीरगञ्ज नगर प्रहरी इन्चार्ज हरि भुसाल माछा बजार व्यवस्थित गर्न खोज्दा माछा व्यापारीहरुले साथ नदिएको बताउँछन् । ‘स्थानीय तहको निर्वाचन अघि नै वडा अध्यक्षसँगको समन्वयमा टोल सुधार समिति समेत बसेर वैकल्पिक व्यवस्था मिलायौं । तर जग्गाधनीले भाडा मागेपछि उनीहरु सडकमै आए,’ उनले भने, ‘हामी गएर लखेट्छौं, भाग्छन्, फेरि आएर बस्छन् । हैरान भइसकेका छौं ।’ उनले नवनिर्वाचित जनप्रतिनिधिहरुसँग समन्वय गरेर कसरी व्यवस्थित गर्न सकिन्छ सल्लाह गर्ने बताए ।

    वीरगञ्जको माईस्थान मिना बजार भित्र तरकारी र माछासँगै बिक्री गरिन्छ भने विर्ता बजारमा पनि माछा बिक्री गर्ने गरिएको छ । पुरानो बजार भएपनि विर्ता बजार व्यवस्थित छैन । सडकमै पसल राखेर माछा बिक्री गरिन्छ । वडा नं ४ का अध्यक्ष जगत साह कानुले व्यवस्थित माछा बजार मात्रै नभएर वीरगञ्जमा आधुनिक पशु वधशाला र तरकारी बजार समेत आवश्यक रहेको बताए । ‘अघिल्लो कार्यकालमा पनि आधुनिक पशु वधशाला र तरकारी बजारको कुरा उठाएका हौं,’ उनले भने, ‘तर निर्माण हुन सकेन, कार्यपालिका बैठकमा फेरि यसबारेमा आवाज उठाउँछौं ।’ विर्तामा मंगलबार र शुक्रबार बजार लाग्छ । माछा बजार व्यवस्थित हुन नसकेको उनी स्वीकार गर्छन् । ‘विर्ता बजार हाम्रो जन्म नभएदेखि नै छ । माछा बजार व्यवस्थित गर्न सकेका छैनौं, सडकमा नै लाग्छ,’ उनले भने, ‘माछा किन्न आउने ग्राहकले पनि सडकमै मोटरसाइकल लगाइदिन्छन् । बजारको दिन आवातजावतमा समस्या हुन्छ ।’ माछा बजार उठिसकेपछि फिनेल हालेर सफा गर्नुको साथै चुन छर्किने गरेपनि बजार व्यवस्थित गर्न नसकेकाले यसबारे महानगरमा छलफल चलाउने उनको भनाइ छ ।

    अस्तव्यस्त साँघुरा सडक
    वीरगञ्जको सडक उसै त साँघुरो छ । त्रिभुवन राजपथ अन्तर्गत पर्ने सडक विस्तार हुन सकेको छैन । सडक क्षेत्र अतिक्रमण गरेर घरहरु निर्माण भएका छन् । मध्यभागबाट दायाँ-बायाँ २५/२५ मिटर सडक क्षेत्र कायम गर्न सडक विभाग र मातहतका कार्यालयले पटक पटक सूचना जारी गरेर सडकखण्डमा पर्ने घर टहरा हटाउन आग्रह गरेको छ । तर घरधनीले मुआब्जाको माग गर्दै आएका छन् । आधा भत्किएका घर समेत मर्मत नगरी प्रयोगमा ल्याइएका छन् । एकातिर त्यसले वीरगञ्जको मुख्य सडककै अवस्था कुरुप देखिएको छ भने अर्कोतिर ट्राफिक व्यवस्थापन राम्रोसँग हुन सकेको छैन ।

    मुआब्जाको माग गर्दै घरधनीले सर्वोच्च अदालतको ढोका ढकढक्याएका छन् । फैसला आउन बाँकी छ । सडक साँघुरो छ, सडक पेटी अतिक्रमित छन् । सडक छेउका खोलिएका मोटरसाइकल मर्मत गर्ने ग्यारेज, कपडा, मोबाइल, जुत्ताका पसलहरु सडक पेटीसम्म समान राख्छन् । हार्डवेयर, फर्निचरका समान मुख्य सडकमै देख्न सकिन्छ । सटरको भाडा तिर्ने उनीहरुले सडकपेटी र सडक क्षेत्र सित्तैमा प्रयोग गर्न पाउँछन् । सर्वसाधारणलाई पैदल यात्रा गर्न समेत सास्ती छ । सडक छेउमा खोलिएका खाजा पसल र होटलको पार्किङ क्षेत्र पनि मुख्य सडक नै हो । मोटरसाइकल अटो शोरुमहरुले पनि गाडी राख्न मुख्य सडक नै प्रयोग गर्छन् । मुख्य सडकमा कतै पेटी छैन भने पेटी भएको ठाउँमा समेत हिँडडुल गर्न समस्या हुने गरेको छ । तर नगर प्रहरी इन्चार्ज हरि भुसाल भने फुटपाथ मिचेर कारोबार गर्ने र सडकमा जथाभावी ठेलागाडा राखेर व्यवसाय गर्दै आएकाहरूलाई महानगरले हटाउन शुरू गरिसकेको बताउँछन् । पहिलो प्राथमिकतामा घण्टाघरदेखि अलखियामठ सम्मको क्षेत्र र त्यसपछि अन्यत्रको सडक तथा फुटपाथ अतिक्रमण हटाइने उनको भनाइ छ । वीरगञ्ज महानगरपालिकाका सरसफाइ शाखा प्रमुख सरफुदिन मियाले पनि सडक र फुटपाथ अतिक्रमण हटाउन नगर प्रमुखले निर्देशन दिएको बताउँछन् । ‘सडक वा सडक पेटीमा आवागमन अवरुद्ध गर्नेहरुलाई त्यसो नगर्न भनेका छौं,’ उनले भने, ‘अटेरी गर्नेहरुको समान जफत गर्छौं ।’

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा
  • सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित
  • राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’
  • महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा

    सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    आज शुक्रबारको राशिफल

    वार्षिक कार्यक्रमहरू समयमै सम्पन्न गर्न मन्त्री गुप्ताको निर्देशन

    नेशनल मेडिकल कलेजद्वारा घडीर्वा पोखरी अवस्थित नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

    जानकी महिला जागरण समाज र कानुनी सहायता केन्द्रद्वारा उप–प्रमुख आलमसँग लैंगिक न्यायबारे छलफल

    पोखरिया अस्पतालमा नसा तथा हाडजोर्नी , डेन्टल लगाएत बाल रोग सम्बधी उपचार हुने

    पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा

    सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा

    News

    सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित

    News

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    News

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    News

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑