बिरगंज । सन् २०२२ मा ५G प्रविधिले पाइलट साइटहरुमा परीक्षण गर्ने जनाएको छ । डिजिटल विकासको प्रमुख आधारको रूपमा ५G प्रविधिले एजकम्प्युटिङ, क्लाउडकम्प्युटिङ, इन्टरनेट अफथिंग्स, आर्टिफिसियल इन्टेलिजेन्स र Big Data जस्ता उन्नत डिजिटल प्रविधिहरूलाई एकीकृत गर्ने जनाएको छ ।
५G को व्यावसायिक विकासले विश्वव्यापी डिजिटलाइजेसन प्रक्रियालाई पनि गहिरो प्रभाव पार्ने जनाएको छ। GSMA को मोबाइल इकोनोमी रिपोर्टअनुसार, ५G ले २०३० मा विश्वव्यापी GDPमा$ ९६१ बिलियन योगदान गर्ने उल्लेख छ।२०२२ को पहिलो त्रैमासिकसम्म, ८०भन्दा बढी देश र क्षेत्रहरूले व्यावसायिक रूपमा ५G सेवाहरू सुरु गरिसकेको जनाएको छ । २ मिलियन बेसस्टेशनहरू र ७०० मिलियनलाई सेवा दिइरहेको जनाएको छ ।