• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    पोखरा बसपार्क : बर्षामा हिलाम्मे, हिउँदमा धुलाम्मे !

  • वीरगंज संजाल
  • २५ जेष्ठ २०७९, बुधबार १७:४४
  • २४१७

    पोखरा । दाङदेखि पोखरा घुम्न आएका विश्व बुढा पोखरा बसपार्कमा झर्नेबित्तिकै नाक खुम्च्याउन थाले । बुधबार बिहानसम्मै परेको झरीका कारण बसपार्क क्षेत्र हिलाम्मे थियो भने दुर्गन्ध उस्तै । तर यो दृश्यले उनलाई अप्ठ्यारो भए पनि आश्चर्य भने लागेन । किनकि उनी पोखरा बसपार्क ओर्लंदा देखेको, भोगेको यो दृश्य पहिलो पटक भने होइन । ‘५ वर्षअघि कलेजबाट टुर आउँदा पनि यस्तै थियो । त्यतिबेला पानी नपरेर होला, यत्तिको त थिएन,’ बुढाले प्रतिक्रिया दिए, ‘अहिले त राम्रो भयो होला भनेको, उस्तै रहेछ ।’ घर्तीले भने जस्तै निर्माण थालिएको करिब ५ दशक पुग्न लाग्दा पनि बसपार्क अधुरै छ । बरु अतिक्रमणको चपेटामा परेर आधाभन्दा बढी साँघुरो भइसकेको छ । अतिक्रमण गरेर संचरना बनाउनेमा मुख्य राजनीतिक दलकै भातृसंगठन समेत छन् ।

    प्रत्येक पटक चुनावी नारा बन्ने तर, दशकौं बितिसक्दा पनि पोखरा बसपार्कले गति लिन सकेको छैन । पहिलो पटक २०३२ सालमा पोखरा नगर उपत्यका विकास समितिले बसर्पाक बनाउन २०५ रोपनी जग्गा अधिग्रहण गरेको थियो । तर बसपार्ककै बीच भागमा पृथ्वी राजमार्ग पर्ने भएकाले १८७ रोपनी जग्गा बसपार्कका नाममा छुट्याइयो । अधिग्रहण गरिएको अर्को वर्ष ०३३ सालमा बसपार्क क्षेत्रको ४ किल्ला छुट्याएरै राजपत्रमा प्रकाशन पनि गरिएको थियो । जग्गा अधिग्रहण गरिए पनि मुआब्जा विवाद कायम रहेकाले तत्कालीन जग्गाधनीहरुले अदालतमा मुद्दा दायर गरेका थिए । ०५२ सालमा सर्वोच्च अदालतले जग्गाधनीलाई सहमति बमोजिम क्षतिपूर्ति दिन आदेश जारी गर्‍यो ।

    तर बसपार्क निर्माण अगाडि बढेन । खाली जग्गामा पोखरा विमानस्थल बनाउँदा वरिपरि ‘खुद्रे व्यापार’ हरुलाई सोही बसपार्कको जग्गामा ल्याइयो । १५ वर्षका लागि बसपार्कको जग्गामा व्यापार गर्ने सहमति गरेर ल्याइए पनि अहिलेसम्म उनीहरुको व्यवस्थापन गरिएको छैन । त्यसपछि त्यहाँ पोखरा वरपरका सुकुम्बासीहरुले आश्रय लिन थाले । अहिले बसपार्क व्यवस्थापनको सबैभन्दा ठूलो टाउको दुखाइ नै त्यहाँ रहेका सुकुम्बासी बन्न पुगेको छ । यसबीचमा बसपार्कको कतिपय जग्गा निजीकरण पनि भइसकेका छन् । तर राजनीतिक दलहरुले उनीहरुको व्यवस्थापन गर्नुको साटो ‘भोट बैंक’का रुपमा आश्वासन बाँड्दै पटक पटक प्रयोग गर्दै आइरहेका छन् । अहिले बसपार्क क्षेत्र बसपार्क कम, मानव बस्ती बढी लाग्छ । जानकारहरुका अनुसार अब बसपार्क क्षेत्रमा करिब २५ रोपनी क्षेत्रफलमात्रै बाँकी छ ।

    बसपार्कको जग्गा नगर विकास समितिको मातहतमा छ । संघीयता कार्यान्वयनपछि समितिको अध्यक्षमा स्थानीय तहका प्रमुख रहने व्यवस्था छ । निवर्तमान मेयर मानबहादुर जिसीको पालामा पनि बसपार्क सुधार्ने भन्दै छानबिन समिति गठन गरिएको थियो । पोखरा महानगरपालिका वडा न‌ं ९ का तत्कालीन वडाध्यक्ष रामराज लामिछानेको नेतृत्वमा ०७५ फागुन १० गते ४ सदस्यीय समिति गठन गरिएको थियो । समितिले ०७६ वैशाख ६ गते बसेको महानगरको कार्यपालिका वैठकमा प्रतिवेदन पेश गरेको थियो । प्रतिवेदनले बसपार्कका लागि अधिग्रहण गरिएको जग्गामा ‘अवैध बसोबास’ बढेर करिब ४० रोपनी जग्गामात्रै बाँकी रहेको देखाएको थियो । उक्त प्रतिवेदनअनुसार २७६ परिवार त्यहाँ अवैध रुपमा बसोबास गरिरहेका छन् ।

    महानगरका तत्कालीन मेयर जिसीले बसपार्क क्षेत्रमा अवैध रुपमा बसोबास गरिरहेकाहरु वास्तविक सुकुम्बासी हुन् या होइनन् भन्ने पुनः छानबिन गरेर नतिजा निकाल्ने बताएका थिए । ‘हाम्रो पहिलो प्राथमिकता भनेकै बसपार्क व्यवस्थित बनाउनु हो । यसमा कुनै हेलचेक्र्याइँ हुँदैन । बसपार्क क्षेत्रमा जग्गाधनी भएकालाई उचित क्षतिपूर्ति दिइन्छ । बाँकीलाई अन्यत्र व्यवस्थापन गरिन्छ,’ तत्कालीन मेयर जिसीले भनेका थिए, ‘बसपार्क बनाउन बजेट अभाव छैन । मेरै कार्यकालमा सुरु हुन्छ ।’ तर, जिसीको पाँच वर्षे कार्यकाल सकिँदासम्म न बसपार्क निर्माण योजना अगाडि बढ्यो न त्यहाँ बसोबास गरिरहेका ‘अवैध’ भनिएका सुकुम्बासीको समस्या नै समाधान भयो । बसपार्क समयमै व्यवस्थित नगरिँदा बर्षामा हिलाम्मे र हिउँदमा धुलाम्मे हुने गरेको छ ।

    ३ वर्षभित्र सिटी बसपार्क बन्छ : मेयर आचार्य
    पोखरा महानगरका नवनिर्वाचित मेयर धनराज आचार्यले पोखरा बसपार्क अन्यत्रै बनाउने बताएका छन् । बुधबार बसपार्क क्षेत्रमा बनाउन लागिएको नाला शिलान्यास गर्दै उनले हालको बसपार्कलाई सिटी बसपार्क बनाउने र मुख्य बसपार्क भने पोखरा ३२ स्थित लामेआहालमा बनाइने जानकारी दिएका हुन् । ‘यहाँ जग्गाको समस्या छ । अरु अन्य केही समस्याहरु पनि छन् । ती सबै समस्याको समाधान गरेर हामी ३ वर्षभित्र आधुनिक र सुविधासम्पन्न बसपार्क निर्माण गरिसक्छौं,’ उनले भने, ‘कसैले अन्याय हुन्छ कि भनेर सोच्न जरुरी छैन ।’

    मेयर आचार्यले पहिलेभन्दा अहिले पोखराको जनसंख्या दोब्बर भइसकेकाले सोहीअनुसार पूर्वाधार निर्माण गर्नुपर्ने बताए । मेयर आचार्यसँगै नाला शिलान्यास गरेका प्रदेशका भौतिक विकासमन्त्री कुमार खड्काले बसपार्क व्यवस्थित बनाउन प्रदेश सरकार सहयोग गर्न तयार रहेको सुनाए । यही आर्थिक वर्षभित्र निर्माण सक्ने गरी बसपार्कको नाला बनाउन प्रदेश सरकारले ७५ लाख रुपैयाँ विनियोजन गरेको थियो । पोखरा वडा नम्बर ३२, लामेआहालमा प्रदेशस्तरीय बसपार्क बनाउने योजना पनि गण्डकी प्रदेश सरकारकै योजना हो । उक्त योजनाका लागि १७२ रोपनी जग्गा चाहिन्छ । जसमध्ये १ सय २० रोपनी जग्गा सार्वजनिक हो भने बाँकी व्यक्तिगत हो । यस्तै एक अर्ब ४२ करोड रुपैयाँ लाग्ने प्रदेश सरकारको अनुमान छ । चालु आबमा भने १ करोड विनियोजन भएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा
  • सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित
  • राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’
  • महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा

    सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    आज शुक्रबारको राशिफल

    वार्षिक कार्यक्रमहरू समयमै सम्पन्न गर्न मन्त्री गुप्ताको निर्देशन

    नेशनल मेडिकल कलेजद्वारा घडीर्वा पोखरी अवस्थित नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

    जानकी महिला जागरण समाज र कानुनी सहायता केन्द्रद्वारा उप–प्रमुख आलमसँग लैंगिक न्यायबारे छलफल

    पोखरिया अस्पतालमा नसा तथा हाडजोर्नी , डेन्टल लगाएत बाल रोग सम्बधी उपचार हुने

    पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा

    सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा

    News

    सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित

    News

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    News

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    News

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑